लालबन्दी – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको सचिवमा सर्लाहीको लालबन्दी निवासी अन्जना शिवाकोटी सबैभन्दा धेरै मत ल्याएर विजयी भएकी छन् ।
अनेरास्ववियुको मधेश प्रदेशकी निवर्तमान अध्यक्ष समेत रहेकी शिवाकोटी शुक्रबार बिहान काठमाडौंमा सम्पन्न २३ औँ महाधिवेशन अन्तर्गत मतगणनामा केन्द्रीय सचिव (महिला खुल्ला) मा सबैभन्दा बढी मत ल्याएर भएकी हुन् । शिवाकोटीले ७५९ मत प्राप्त गरेकी छन् ।
यस्तै, अनेरास्ववियूको स्थायीकमिटी प्रदेशगत मधेश प्रदेश (खुल्ला) मा सदरमुकाम मलंगवा निवासी विद्यार्थी नेता शमिम खाँ निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, अनेरास्वविय केन्द्रीय सदस्यमा लालबन्दी निवासी कायरा पोखरेल पनि निर्विरोध निर्वाचित भएकी छन् ।