सर्लाही १ (ख) की सांसद लुंगेलीले आश्रममा मिष्ठान्न भोजन गराईन

लालबन्दी : प्रदेश सांसदमा पुनः निर्वाचित भएपछि बेची लुंगेलीले बृद्धाश्रममा मिष्ठान्न भोजन गराउँदै बृद्ध बृद्धाको आशिर्वाद ग्रहण गर्नुभएको छ ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट मधेश प्रदेशसभा सांसदमा दोश्रो पटक निर्वाचित भएपछि लुंगेलीले पुण्यको काम गर्दै आफ्नो जितको खुसि आश्रममा आश्रीत बृद्धबृद्धासँग साटासाट गर्नुभएको हो । लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रममा आश्रीतहरुलाई शुक्रवार मिष्ठान्न भोजन ग्रहण गराउनुभएको हो ।

आश्रमका संरक्षक वासुदेब कोईरालासहित आश्रममा आश्रीत बृद्ध बृद्धाहरुसँग आशिर्वाद लिँदै सांसद लुंगेली

बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएकी नेकपा (एकिकृत समाजवादी) नेत्री एवं प्रदेशसभा (ख) कि लोकप्रिय सांसद लुंगेलीले आफ्ना समर्थक, सहयोगी र नेताहरुको साथमा आश्रममा पुगेर बृद्धबृद्धालाई भोजन गराउनुभएको आश्रमकी संचालक भवानी कोईरालाले जानकारी दिनुभयो । सांसद लुंगेलीले आश्रमलाई आगामि दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

लुंगेलीलाई आश्रमका संरक्षक वासुदेब कोईरालासहित आश्रममा आश्रीत बृद्ध बृद्धाहरुले बधाई सँगै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०७९ पुष २४, आईतवार २२:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते