मन्दिर सफाईमा जुटेको ‘सिस्टरहुड नेपाल’ नामक फेसबुक समुह

क्षितिज विश्वकर्मा, सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको डुमडुमे मन्दिर परिसर सफाई गरिएको छ ।

शनिबार बिहान सिस्टरहुड नेपाल नामक स्वतन्त्र समुहले मन्दिर परिसरमा जम्मा भएको फोहोर सफाई गरेको हो । गएको छठ पर्वदेखिको फोहोर जम्मा भएको पोखरी परिसर, मन्दिर वरिपरिको फोहोर सफाई गरिएको समुहकी कायरा पोखरेलले जानकारी दिनुभयो ।

छठको बेला घाटमा प्रयोग भएको केराको बोट, घाटको सजावटमा प्रयोग भएको अन्य समान, हिन्दु धर्मावलम्बीले गर्ने पितृ कर्ममा प्रयोग भएका मट्का, टपरी लगाएतका फोहोरले मन्दिर तथा पोखरी परिसर फोहोर भएको भन्दै केहिले ब्यवस्थापन समितीले वास्ता नगरेको आरोप लगाउँदै आएका थिए । सोहि क्रममा स्थानिय युवा कमल धमलाले आफ्नो फेसबुकमा राखेको स्टाटस्लाई आधार मानेर आफ्नो समुह सफाई कर्ममा सरिक भएको समुहकी स्मारिका ढुंगानाले बताउनुभयो ।

धार्मिक धाम तथा सार्वजनिक स्थल सफा राख्न कसैको मुख ताकिरहनुभन्दा आफै अग्रसर हुनु आवश्यक छ भनेर आफुहरु सफाईमा जुटेको सो समुहले जनाएको छ । समुहमा नेपाल भरिका किसोरी तथा युवतिहरु आवद्ध छन । जिल्लाको प्रशिद्ध धार्मिक स्थल मध्ये लालबन्दीमा रहेको डुमडुमे मन्दिर तथा भागवत धाम पनि एक रहेको छ ।

पुर्व पश्चिम राजमार्गसँगै रहेको सो क्षेत्रको जगेर्ना तथा सरसफाईमा एकले अर्कालाई आरोप प्रत्यारोप गुर्नभन्दा सबै जना जुट्नुपर्ने आवश्यकता रहेको मन्दिर ब्यवस्थापन समितीका सदस्य महेन्द्र महतोले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२०७९ भाद्र १७, शुक्रबार ०८:२० गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते