बागमतीमा ७ औँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा जावलाखेल विजयी

बागमती : सर्लाहीको बागमतीमा बुधवारबाट ७ औँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको उद्घाटन खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र जावलाखेल फुटबल क्लबले खेलेका छन् । जसमा खेलको ६३ औँ मिनेटमा जावला खेलका जर्सि नम्बर २५ का विनोद केसिले हेडमार्फत गरेको १ गोल नै निर्णाएक भएको थियो । खेल बागमती–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा हुँदैछ ।

प्रतियोगिताको उद्घाटन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन । बागमती नगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा आयोजक बागमती युवा क्लबसहित १२ वटा क्लबको सहभागिता रहने छ ।

प्रतियोगितामा यूनाइटेड खस्र्याङ किङ्गडम फूटवल क्लव दार्जेलिङ, संकटा क्लव, नेपाल पुलिस क्लब, एपीएफ क्लब, जावलाखेल यूथ क्लब, चर्च व्वाइज यूनाइटेड, सुदूरपश्चिम–११, मच्छिन्द्र फूटवल क्लब, धरान यूवा क्लव, जन–जागृति युवा क्लब सीमरा र प्रतियोगिताको साबिक बिजेता पिप्ले यूथ क्लब हेटौँडाले सहभागिता जनाउने छ्न । फागुन ७ गतेसम्म संचालन हुने यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, हरेक विधाका उत्कृष्ट खेलाडीलाई २५ हजार नगद र आयोजक बागमती युवा क्लबका एक जना उत्कृष्ट खेलाडीलाई एक थान मोटसाइकल प्रदान गरिने छ ।

नगरभित्र सुरु फुटबल प्रतियोगिताको उद्घाटनका दिन बुधवार बागमती नगरपालिकाले स्थानीय बिदा दिएको थियो ।

उद्घाटनखेलमा जावलाखेलका जर्सि नम्बर १ का गोल किपर अनिस देउला म्यान अफ दि म्याच भएका थिए । बिहिवार यूनाइटेड खस्र्याङ किङ्गडम फूटवल क्लव दार्जिलिङ र सुदुर पश्चिम ११ बिच दिनको २ बजेल खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते