भारतमा हुने प्रतियोगीताका लागी लालबन्दीबाट करातेका ३ खेलाडीको बिदाई

लालबन्दी । नेपाल क्युकोशिन कान कराते संघबाट नेपालको प्रतिनिधित्व गर्दै लालबन्दीबाट ३ खेलाडी प्रतियोगीताका लागी भारत गएका छन ।

भारतको कलकत्तास्थित रसबिहारीमा यहि सेप्टेम्बर २९ र ३० तारिखमा हुने प्रतियोगीतामा भाग लिन जाने खेलाडीलाई मंगलबार दिउँसो बिदा गरिएको हो । सर्लाहीको लालबन्दी ७ स्थित युनाईटेड होटलमा एक औपचारीक कार्यक्रमका बिच ३ जना खेलाडीलाई बिदाई गरिएको संघले जनाएको छ ।

नेपाल क्युकोशिन कान कराते संघका जिल्ला अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता एवं लालबन्दी नगरप्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा लायन्स क्लव लालबन्दी सेन्चुरीका अध्यक्ष मोहन राउत, नेपाल क्युकोशिन कान कराते संघ सर्लाहीका सचिव शसि देवकोटा, नेकपा माओवादी केन्द्र लालबन्दी नगरकमिटि अध्यक्ष लेखराम जर्गा मगर, नेपाल क्युकोशिन कान कराते संघका ब्रान्च चिफ सुवास काफ्ले, खेलाडीका अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।

प्रतियोगीताका लागी लालबन्दीबाट सौरभ बस्नेत, सबिन वाईबा र काठमाण्डौँका कबिन देसार गरि ३ जनालाई भारतमा हुने प्रतियोगीताको लागी बिदाई गरिएको हो ।

उनिहरुलाई खादा, अबिर, नेपाली टोपी लगाई राष्ट्रिय झण्डा प्रदान गर्दै देशको शान बढाउन सफल हुने शुभकामना सहित बिदाई गरिएको नेपाल क्युकोशिन कान कराते संघ सर्लाहीका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

लामाद्धारा खेल जर्सि सहयाेग

लामाद्धारा खेल जर्सि सहयाेग

२०७९ भाद्र २८, मंगलवार ०६:०५ गते
कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

२०८० कार्तिक २६, आईतवार १३:४९ गते
error: <b>Alert: </b>Content selection is disabled!!