मधेस प्रदेशमै पहिलो पटक सर्लाहीको ईश्वरपुर नगरपालिकाबाट लालपुर्जा वितरण सुरु

क्षितिज विश्वकर्मा, लालबन्दी । ईश्वरपुर १ शंकरगन्जकि सुकमरिया देवि मुसहरले जीवनमा पहिलोपटक जग्गाधनी पुर्जा अर्थात लालपुर्जा प्राप्त गर्नुभयो ।

राष्ट्रिय भुमि आयोगले ऐतिहासिक रुपमा मधेस प्रदेशमै पहिलोपटक सर्लाहीको ईश्वरपुर नगरपालिका र नगरपालिकाको वडा नम्बर १ बाट जग्गाधनी पुर्जा वितरण कार्य सुभारम्भ गरेपछि उहाँले पहिलोपटक लालपुर्जा प्राप्त गर्नुभएको हो । राष्ट्रिय भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काको प्रमुख आतिथ्यमा सो वडाका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुमध्ये १८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

नगरपालिकाको सभाहलमा नगरप्रमुख मनोज कुमार आचार्यको अध्यक्षतामा एक कार्यक्रम गर्दै पुर्जा वितरण कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय भुमी आयोग जिल्ला समिति सर्लाहीका अध्यक्ष चन्द्रप्रसाद वाग्ले, आयोगका सदस्य एवं प्रवक्ता मदन बहादुर बिक, सदस्य अन्जु पौडेल, सदस्य सचिव एवं नापी कार्यालय मलंगवाका प्रमुख सन्जय मानन्धर, राष्ट्रिय भुमि अधिकार मञ्च सर्लाहीकि अध्यक्ष भवानी घिमिरे, ईश्वरपुर नगर उपप्रमुख निलमदेवी चौधरी, नेकपा एकीकृत समाजवादी पार्टीका सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामा लगाएत विभिन्न पार्टीका नगर ईन्चार्ज एवं प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

ईश्वरपुर नगरपालिकाबाट पहिलो पटक जग्गाधनी पुर्जा वितरण कार्य सुभारम्भ भएको र अब क्रमशः सबै वडा र नगरमा पुर्जा वितरणको काम हुने राष्ट्रिय भुमी आयोग जिल्ला समिति सर्लाहीका सदस्य एवं प्रवक्ता मदन बहादुर बिकले बताउनुभयो । कार्यक्रमका बक्ताहरुले अब पनि लालपुर्जा पाईन्छ कि पाईंदैन भन्ने अन्योलका बिच राष्ट्रिय भुमि आयोगले जग्गाधनी पुर्जा वितरण गरेकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय भुमी आयोगका उपाध्यक्ष खड्काले यो उत्सव मनाउनुपर्ने क्षण भएको बताउनुभएको छ । बर्षौंदेखी पुर्जाबिहिन जीवन बिताउन बाध्य भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुले लालपुर्जा पाउनु अत्यन्तै महत्त्वपूर्ण कुरा भएको बताउनु भएको हो । उपाध्यक्ष खड्काले आज जग्गाधनी पुर्जा प्राप्त गर्न सफल भुमिहिनहरुले साँझमा दिपावली गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

यसैबीच बिहीबार नै हरिवन नगरपालिकाका ७ जना भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नगरप्रमुख कमल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा उनिहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
1
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते