सर्लाहीमा एक बर्षमा ६७ को मृत्यु, एक हजार ४३० घाइते

सर्लाही : जिल्लामा एक वर्षमा भएको सवारी दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा पूर्व–पश्चिम राजमार्गसहित जिल्लाको भित्री सडकमा भएका सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो। यो अवधिमा सवारी दुर्घटनामा परी ४२० जना गम्भीर र एक हजार १० जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा परी ५५  पुरुष, पाँच महिला, पाँच बालक र दुई बालिकाले ज्यान गुमाएका छन्।

जिल्लामा आर्थिक वर्ष २०७८\०७९ मा सवारी दुर्घटनामा परी ७९ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेको सख्यामा कमी आएको छ।

यो आर्थिक वर्षमा जिल्लाको भित्री कच्ची सडकमा बढी दुर्घटना भएका छन्। जीर्ण सडकमा तीव्र गतिमा गुडाइएका र क्षमता भन्दा बढी भार बोकेका सवारी साधन बढी दुर्घटनामा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक लेखनाथ मैनालीले जानकारी दिए।

अहिले पनि ट्राफिक नियम पालना गराउन नियमित चेकजाँच र ट्राफिक नियमसम्बन्धी सचेतना मुलक कार्यक्रम भैरहेको ट्राफिक प्रहरी निरीक्षक मैनालीले बताए।उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियम विपरीत चलाइएका ३४ हजार सवारी साधनलाई कारवाही गर्दा दुई करोड ४६ लाख ७० हजार पाँच रुपैयाँ राजस्व संकलन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

२०७९ कार्तिक २९, मंगलवार ११:५९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते