लालबन्दीमा एभरेष्ट बैंक लिमिटेडको १२३ औं शाखा बिस्तार

लालबन्दी : सर्लाहीको लालबन्दीमा एभरेष्ट बैंक लिमिटेडको शाखा बिस्तार भएको छ । बिहिवार मध्यान्ह लालबन्दी नगरपालिका ६ स्थित नगरपालिकाको पुरानो भवन अगाडि रहेको बैंकको शाखा कार्यालयमा एक औपचारीक कार्यक्रमका बिच लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीले बैंकको उद्घाटन गर्नुभयो ।

सो कार्यक्रममा बैंकका कार्यकारी प्रमुख सिईओ सुदेश खालिङ, मधेश प्रदेश प्रमुख बिभुति न्यौपाने, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी, निवर्तमान अध्यक्ष कल्याण जोशिसहित अन्य पदाधिकारीहरु, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्कि, वडा नम्बर ६ का वडाध्यक्ष लालकुमार योञ्जन, स्थानिय ब्यापारी लगाएतको उपस्थिती रहेको थियो । भारतको दोश्रो ठुलो बैंक पञ्जाव नेशनल बैंकसँग जोईन्ट भेन्चर भएको एभरेष्ट बैंकको १२३ औं शाखाको रुपमा लालबन्दी शाखा बिस्तार भएको बैंकका लालबन्दी शाखा प्रमुख सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।

बैंक उद्घाटन समारोहमा सहभागी लालबन्दीका ब्यापारी तथा अन्य

कार्यक्रमका बक्ताहरुले भारतमा कामको शिलशिलामा गएका नेपालीहरुलाई नेपालमा पैसा पठाउन एभरेष्ट बैंकले एकदम सहज तुल्याएका बताएका थिए । धेरै नेपाली दाजुभाईहरु भारतबाट रोजगारी गरेर फर्कने क्रममा लुटिने गरेको बताउँदै बैंकका सिईओ खालिङले अब त्यो समस्या समाधानका लागी एभरेष्ट बैंकमार्फत कारोबार गर्नुपर्ने बताउनुभएको थियो ।

उहाँले बैंक भारतमा पनि भएकोले ब्यापारी तथा रोजगारीको शिलशिलामा भारत पुगेकाहरुलाई त्यहाँबाट नेपालमा पैसा पठाउन सहज हुने दाबि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

२०८० भाद्र १, शुक्रबार १०:५२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते