श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपिओ मा कति पर्यो आवेदन

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आइतबार अन्तिम दिन हो । उक्त कम्पनीको आईपीओमा शुक्रबार दिउँसोसम्म १३ लाख ४ हजार २ सय ५ जना आवेदनले १ अर्ब ४४ करोड ८० लाख ३७ हजार रुपियाँ बराबरको १ करोड ४४ लाख ८० हजार ३७० कित्ता शेयरको लागि आवेदन दिएका छन् भने उक्त संख्या बढ्दो छ ।

कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । कूल ३ लाख ९३ हजार ७ सय ५० कित्तामध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।

सर्वसाधारणका लागि छुट्याएको आईपीओ ३६ हजार ८ सय ५९ जनाले मात्र १०–१० कित्ता पाउने छन् । कम्पनीको हाल कायम चुक्ता पूँजी ७ करोड रुपियाँ छ । आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपियाँ पुग्नेछ ।

Corporate Nepal बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सदनमा पाका नेताको पहिलो पाइला

सदनमा पाका नेताको पहिलो पाइला

२०७९ मंसिर १२, सोमबार १०:५९ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते