एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिवन को अध्यक्षमा महतो सर्ब सम्मत चयन

हरिवन । सर्लाहीको हरिवन मा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन को हरिवन नगर कमिटि अध्यक्षमा राम बिश्वाश महतो सर्ब सम्मत चयन भएका छन ।
नेपाल कम्युनिस्ट पार्टि माओबादि केन्द्र निकट शिक्षकहरु को छाता संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनको हरिवन नगरकमिटि को अध्यक्ष मा महतो सर्ब सम्मत चयन भएका हुन ।

संगठन का नगर संयोजक श्री प्रसाद स्याङ्गतान को अध्यक्षता एवम हरिवन नगरपालिका का प्रमुख रमेश बुढाथोकि( कमल )को प्रमुख आतिथ्यता मा हरिवन १ पटौना स्थित प्राथमिक बिधायल को प्राङ्गण मा भएको नगर शिक्षकहरु को भेला ले महतो को अध्यक्षता मा ११सदस्य नगर कमिटि सर्ब सम्मत चयन गरेको हो ।
नव गठित कमिटि को उपाध्यक्षमा मुना बुढाथोकि सचिब टिका भण्डारी सहसचिब रामकुमारी श्रेष्ठ सदस्यहरुमा हरिप्रसाद सापकोटा बिप्रहरि दाहल ,तिर्थराज पौडेल ,सुन्देश्वर ठाकुर ,नानिमैया पराजुलि ,शिब कुमारी दाहल ,र रिना श्रेष्ठ रहेका संगठन ले जनाएको छ । शिक्षक हरु को भेला लाई सम्बोधन र नव गठित कमिटि का पदाधिकारी लाई प्रमुख अतिथि बुढाथोकि ले बधाई तथा शुभकामना दिनु हुदै हरिवन नगर को शिक्षा क्षेत्रमा असल र उत्कृष्ट कार्य गर्नु को साथै शिक्षा को गुणस्तर मा समेत अब्बल बन्ने बिश्वास ब्यक्त गर्दै सत्कर्म सत बिचार र आ-आफ्नो कर्ममा उत्कृष्ट कार्य गर्ने शिक्षक लाई नगरपालिका ले समेत सम्मान गर्ने हुदा सम्मनित हुने किसिमले काम गर्न सबै शिक्षक शिक्षिका लाई आग्रह गर्नुहुदै कार्यकाल सफलता को लागि शुभकामना ब्यक्त गर्नु भयो ।
भेला कार्यक्रममा माओबादि केन्द्रका केन्द्रिय सदस्य अच्चुतम काफ्ले ,नेता कृष्ण प्रसाद श्रेष्ठ लागायत को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२४ गते
समय अगावै बजारमा आँपको बिगबिगी

समय अगावै बजारमा आँपको बिगबिगी

२०८१ जेष्ठ १९, शनिबार २२:१३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते