हरिवनको दमकल संचालनका निम्ति लालबन्दीको पनि साझेदारी

लालबन्दी : सर्लाहीको हरिवन नगरपालिकाको दमकल सञ्चालनका लागि मंगलबारबाट लालबन्दी नगरपालिका पनि साझेदार बनेको छ ।

नगरपालिका एक्लैले सञ्चालन खर्च व्यहोर्नुपर्ने तर जुन पालिकामा आगलागी भए पनि दमकल पठाउनुपर्ने बाध्यताले खर्च धान्न मुस्किल पर्न थालेको भन्दै हरिवन नगरपालिकाले विभिन्न पालिकासँग सम्झौता गरी साझेदार बनाएको छ । सोही क्रममा मंगलबार पाँचौं पालिकाका रुपमा लालबन्दी नगरपालिकासँग सम्झौता गरिएको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिए ।

हरिवनको दमकल सञ्चालनबापत लालबन्दी नगरपालिकाले वार्षिक तीन लाख रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौता पत्रमा हरिवन नगरपालिकाको तर्फबाट नगरप्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान तथा लालबन्दी नगरपालिकाको तर्फबाट नगरप्रमुख बासुदेव अधिकारी र प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले हस्ताक्षर गरेका छन् ।

यसअघि यस्तै प्रकारको सम्झौता ईश्वरपुर नगरपालिका, बागमती नगरपालिका, हरिपुर नगरपालिका र बरहथवा नगरपालिकासँग भइसकेको छ । ती पालिकाले पनि दमकल सञ्चालन बापत वार्षिक तीन लाख रुपैयाँकै दरले भुक्तानि गर्ने सम्झौता भएको नगरप्रमुख बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सोनाम ल्होछार पर्व मनाइँदै

सोनाम ल्होछार पर्व मनाइँदै

२०७९ माघ ८, आईतवार ०७:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते