आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

सर्लाही : प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज बुधवार विविध कार्यक्रम आयोजना गरी सर्लाहीसहित देशभर मनाइँदैछ ।

यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए ।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।

यता सर्लाहीको हरिपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज पुस ३० गते शनिवारको दैनिक राशिफल

आज पुस ३० गते शनिवारको दैनिक राशिफल

२०७९ पुष ३०, शनिबार ०७:४९ गते
मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

२०७९ पुष १५, शुक्रबार ०९:४१ गते
सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

२०७९ आश्विन २९, शनिबार १५:०१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते