मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

जनकपुरधाम : मधेश प्रदेश सभाका जेष्ठ सांसद ७१ वर्षीय गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनी सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित छन् । बिहीवार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई शपथ खुवाएका छन् ।

अब उनले शुक्रबार दिउसो २ बजे प्रदेशसभामा अन्य सांसदलाई शपथ खुवाउने प्रदेशसभाको तयारी छ । प्रदेशसभामा न्यौपानेसहित एक सय सात सांसद छन् । प्रदेशसभा बैठक अथवा त्यसको कुनै समितिको बैठकमा सहभागी हुन अघि शपथ ग्रहण गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार सांसदहरुलाई शपथ ग्रहण गराउन लागिएको छ ।

शपथ ग्रहणको दिन सांसदहरुले निर्वाचनण आयोगले दिएको प्रमाणप्रत्र, नेपाली नागरिकताको प्रमाणपत्र र हालसालैको दुई वटा फोटोसहित सभामा उपस्थित हुन अनुरोध गरिएको छ । प्रदेशसभामा २३ सिटसहित एमाले सबै भन्दा ठूलो दल बनेको छ । नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, नेकपा माओवादी केन्द्र आठ, नेकपा एकीकृत समाजवादी सात, लोसपा ९ र स्वतन्त्र ६ जना सांसद मध्ये एक स्वतन्त्र सांसद नेकपा माओवादी पार्टीमा विहीबार प्रवेश गरेका छन् ।

यी बाहेक राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीले समानुपातिकमा एक/एक सिट पाएका छन् । सांसदहरुको शपथ ग्रहण भएपछि पार्टीहरुले दलको नेता चयन गर्ने छन् । त्यसपछि दलको नेताहरुले सरकार गठनको प्रक्रिया औपचारिक रुपमा अगाडि बढाउने छन्।

पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि सरकार गठनको समीकरणमा फेरबदल भएको छ । यहाँ एमाले ठूलो दल भए पनि यस गठबन्धनबाट जसपा र जनमत पार्टीले नेतृत्वमा दाबी गरिरहेका छन् । तर एमालेका केन्द्रीय नेताहरु सभामुख र प्रदेश प्रमुख राखेर मुख्यमन्त्री जसपालाई दिने तयारीमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

२०८० जेष्ठ ५, शुक्रबार १७:०७ गते
आज फागुन २६ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन २६ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन २६, शुक्रबार ०६:४१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते