सर्लाहीको लालबन्दी बजार महिनाको २ शनिवार बन्द रहने

लालबन्दी : सर्लाहीको लालबन्दी बजार आज शनिवारबाट महिनाको २ पटक ब्यापारिक बिश्रामको रुपमा बन्द हुने भएको छ ।

उद्योग वाणिज्य संघ लालबन्दी र लालबन्दी चेम्बर अफ कमर्सको संयुक्त बैठकले महिनाको २ ओटा शनिवार ब्यापारिक बिश्राम गर्ने निर्णय गरेको हो । जसअनुसार लालबन्दीका उद्योगी, व्यवसायी र ब्यापारिहरुले अब पहिलो र तेश्रो शनिवार ब्यवसाय बन्द गरि ब्यापारिक बिश्राम गर्नुपर्ने छ ।

यस अघि पहिलो र तेश्रो आईतबार बन्द हुँदै आएको लालबन्दी बजार, शनिवार सबै सरकारी कार्यालहरु, स्कुल, बोर्डिङ, बैंक तथा बित्तिय संस्थासमेत बन्द हुने भएकोले शनिबारका लागी ब्यापारिक बिश्राम राख्ने निर्णय गरिएको संयुक्त ब्यापारिक बिश्राम समितीका लागी उद्योग वाणिज्य संघका तर्फबाट संयोजक पुर्ण प्रसाद चौलागाईंले बताए ।

२०७९ साल पुष महिनाको पहिलो शनिवारबाटै लागु हुने गरि ब्यापारिक बिश्रामको निर्णय गरिएको र सो निर्णयलाई कार्यान्वयनका लागी सबै उद्योगी, ब्यवसायी र ब्यापारीले आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह गरिएको लालबन्दी चेम्बर अफ कमर्सका तर्फबाट संयुक्त ब्यापारिक बिश्राम समितीका संयोजक सन्तोष पौडेलले बताए । उनका अनुसार बैठकले अत्यावश्यक बस्तु तथा सेवा बिक्रि गर्ने फर्महरु जस्तै डेरी, शैलुन, होटल, औषधि पसल, क्लिनिक तथा स्वास्थ्य संस्था, पुस्तक पसल, छापाखाना तथा संचारगृह र तरकारी फलफुल पसललाई ब्यापारिक बिश्राम अनिवार्य गरेको छैन ।

ब्यापारि, ब्यवसायीहरुको दुई छाता संगठनको ब्यापारिक बिश्रामसम्बन्धि निर्णयप्रति केहि ब्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन । उनिहरुले बैंकको ब्याजदर निरन्तर बढिरहने र आर्थीक मन्दिको असर ब्यवसायमा समेत परिरहेको बेला ब्यवसाय बन्द गर्नुपर्दा समस्या पर्ने गुनासो गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

२०८० कार्तिक २७, सोमबार १०:३२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते