घोराही, २२ भदौ । दाङको शान्तिनगर ३ मा रहेको विपी कोइराला माध्यामिक विद्यालयमा अध्ययनरत छात्र सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउन संयुक्त विद्यार्थी संगठनहरुले जोडदार माग गरेका छन् ।
अनेरास्ववियु दाङका संयोजक सर्जन परियार, अनेरास्ववियू (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महरा र अखिल (क्रान्तिकारी) दाङका संयोजक खुमन पौडले आज बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षी विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षक उदयराज भण्डारीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।