लालबन्दी : जाडो महिना सुरु हुन थालेपछि तराईमा चिसो र हुस्सु सुरु भएको छ । सर्लाहीको लालबन्दीसहित आसपासका जिल्लाहरुमा केहि दिन देखि हुस्सु लाग्न थालेको स्थानियले बताएका छन ।
चिसो र हुस्सु लाग्न थालेसँगै बिहान साना ठुला सवारी चलाउने र तरकारी खेती गर्ने किसानलाई समस्या परेको छ । भिजिविलिटि कम हुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् ।
बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको चिकित्सकहरुले बताएका छन । चिकित्सकहरुले चिसोबाट जोगिन सुझाव दिएका छन । चिसोबाट बच्न निम्न उपाए अपनाउन सकिन्छ ।
- चिया पिउनुहोस् –
चिया मन नपराउनेहरू शायदै होलान् । त्यसमा पनि यो चिसो मौसममा तातो चिया पिउनुको मज्जा नै बेग्लै । अध्ययनहरूका अनुसार निरन्तर चिया पिउने मानिसका नसाहरू स्वस्थ हुन्छन् र उनीहरूलाई मुटुको रोग लाग्ने जोखिम कम हुन्छ । त्यसैले चिया पिउनुहोस् ।
- क्वाँटी खानुहोस् –
यो चिसो मौसममा क्वाँटी खानुभयो भने स्वास्थ्यमा धेरै राम्रो हुन्छ । सकेसम्म रेसादार खाद्यान्न, बोडी, प्याज, लसुन, अदुवा राख्न नबिर्सनुहोस् है !
- ठिक्कको खाना खानुहोस् –
जाडोमा धेरै खाना खाए पनि पच्छ भनेर धेरै खाने चलन छ । तर, त्यसो गर्नु गलत हो । स्वास्थ्यका लागि कम खानु नै उपयुक्त हुन्छ । त्यसैले ठिक्क खानुहोस् ।
- घरका काममा व्यस्त रहनुहोस् –
जाडोमा मानिसहरू शारीरिक व्यायाम निकै कम गर्छन् । त्यसैले सकेसम्म घरको काममा व्यस्त रहनु नै उत्तम हुन्छ ।
- तरकारी र फलफूल खानुहोस् –
अंगुर, किवी, सुन्तलाजस्ता फलफूल प्रशस्त मात्रामा खानुहोस् । यस्तै, तरकारीमा ब्रोकाउली, फूलगोभी, गाँजर, मूला, सागजस्ता तरकारीहरू नियमित सेवा गर्दा राम्रो हुन्छ ।
- हिँड्दा छिटो हिँड्नुहोस् –
घरबाहिर हिँड्दा सकेसम्म छिटोछिटो हिँड्ने गर्नुहोस् । छिटो हिँड्दा शरीर तात्छ । मांसपेशीहरू सक्रिय रहन्छन् । अनि तपाईंका सबैजसो ज्ञानेन्द्रिय पनि सक्रिय रहन्छन् । त्यसैले जाडो भयो भनेर नबस्नुहोस् ।