डोटीमा जीप दुर्घटना, चार जनाको ज्यान गयो

सर्लाही । डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ८ महिनाकी बालिकासहित ४ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।

घाइतेहरुको डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ । गएराति कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गएराति २ बजे दुर्घटनामा परेको हो । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

निर्वाचन आचारसंहिता फुकुवा

निर्वाचन आचारसंहिता फुकुवा

२०७९ मंसिर २५, आईतवार १७:४७ गते
चिनियाँ सभामुख ली नेपाल आउँदै

चिनियाँ सभामुख ली नेपाल आउँदै

२०७९ भाद्र २७, सोमबार ०२:०१ गते
जिम थाल्दा नगर्नुस् यस्ता गल्ती

जिम थाल्दा नगर्नुस् यस्ता गल्ती

२०८० जेष्ठ २७, शनिबार १२:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते