लालबन्दी : सर्लाहीको बबरगंजमा भारतिय स्कोर्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मंगलवार दिउँसो ईश्वरपुर नगरपालिका ९ खोरियाटोलमा बयलवासतर्फ आउँदै गरेको स्कोर्पियोले मोटरसाईकललाई ठक्कर दिँदा चन्द्रनगर २ बबरगंज बस्ने ४५ बर्षिय मनोज महतोको मृत्यु भएको हो । बिआर ३० ई २४५९ नम्बरको स्कोर्पियोले बिपरित दिशाबाट जाँदै गरेको ज२प ६४५२ नम्बरको मोटरसाईकल ठक्कर दिँदा घाईते भएका महतोलाई उपचारका लागी मोडेल हस्पिटल लालगढ धनुषा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परेका मोटरसाईकल र स्कोर्पियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महतोको मृत्यु भएको बिषयलाई लिएर स्थानियले केहि बेर भित्री सडक अबरुद्ध पारेकोमा प्रहरीले सम्झाई बुझाई गरेर साम्य पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।