ब्रम्हपुरीमा डुबेर र नवलपुरमा लडेर २ जनाको ज्यान गयो

लालबन्दी : सर्लाहीको ब्रम्हपुरीमा मंगलवार पोखरीमा डुबेर एक बालीकाको ज्यान गएको छ । ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ६ नौकिलवा बस्ने देवशरण रायको छोरी अन्दाजी बर्ष १० कि उषा कुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान १० बजेतिर घरबाट हराएकी उषालाई खोजतलास गर्ने क्रममा साँझ साँडे ७ बजे स्थानिय रत्नेश्वर रायको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । छोरी हराएको अवस्थामा खोजी गर्दै जाँदा उनकी आमाले घरबाट ४०० मिटर परको पोखरीमा शव फेला पारेपछि प्रहरीलाई खबर पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरि मंगलवार राति घरको बरण्डाबाट लडेर नवलपुरमा एक बृद्धको ज्यान गएको छ । धनुषाको गणेशमान चारनाथ ४ बिरेन्द्र बजार घर भई लालबन्दी नगरपालिका १ नवलपुरमा डेरा गरि बस्दै आएका अन्दाजी बर्ष ५० का भरतलाल लामाको ज्यान गएको प्रहरीले जनायो ।

स्थानिय संजय कुशवाहको घरमा डेरा गरि बस्ने लामा राति साँडे ८ बजेतिर तिनतले घरको बरण्डामा बस्ने क्रममा तल खसेका थिए । उनलाई तत्कालै उपचारका लागी हरिवनस्थित नमुना अस्पताल पु¥याईएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक दुबैको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल सदरमुकाम मलंगवा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते