अभिभावकले निगरानी नबढाए युवाको भबिष्य खतरामा : बिजाम

प्रेमनाथ पौडेल, लालबन्दी : लागुऔषध दुब्र्यशनी प्रयोगकर्ताको साथै एचआईभि रोग नियन्त्रण र रोकथामका लागि अभिभावकले निगरानी बढाउनु जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।

बिगत चार बर्ष देखि सर्लाहीमा कार्यक्षेत्र बिस्तार गरि लागू औषध दुब्र्यसनी तथा एचआईभि एडस रोग नियन्त्रण को क्षेत्रमा काम गर्दै आएको बिधार्थी जागरण मन्च (बिजाम)ले गरेको कार्यक्रम कोसरोकारवालाहरुलाई गराईएको अनुगमन तथा निरीक्षणका क्रममा सहभागीहरुले त्यस्तो धारणा ब्यक्त गरेका हुन । पछिल्लो समय युवाहरु बिशेषतः १८ देखि ३० बर्ष उमेर समूहका युवाहरु लागू औषध दुब्र्यसनीमा फस्ने र सिरिन्ज प्रयोग गर्नेको संख्यामा बृद्दि भएको बिजामले उपलब्ध गराएको एक बर्षे तथ्यांकले जनाएको देखाएको छ ।

अभिभावकले आफ्ना सन्तती प्रती निगरानी नबढाउने हो भने यस्तो लागू औषध र सिरिन्जको प्रयोगले समाजमा भयाबह स्थिती सिर्जना गर्ने हुँदा त्यस तर्फ अभिभावक नै सचेत हुँदै निगरानी बढाउनु पर्ने जरुरी औंल्याईएको हो । जिल्लामा साथीभाइको लहलहैमा लागेर नशालु पदार्थ प्रयोगका निम्ति सिरिन्ज प्रयोग गर्ने र साटासाट गर्नैको संख्यामा बृद्धि भएको पाईएको बिजामका जिल्ला संयोजक सुनिल तिवारीले बताउनुभयो ।

सेभ द चिल्ड्रेनको सहयोगमा बिजामले रोग नियन्त्रण र सिरिन्ज प्रयोगकर्ता युवाहरुको संख्यामा कमि ल्याउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाले सिरिन्जमार्फत लागुऔषध प्रयोग गर्नेहरुको खोजी र पहिचान गर्दै उनीहरुलाई सचेत गराउने, नयाँ सिरिन्ज उपलब्ध गराउने, प्रत्येक ६ महिनामा उनिहरुको गोपनियतालाई ख्याल गर्दै रगत परिक्षण, एचआईभि टेष्ट लगाएका कृयाकलाप गर्दै आएको छ ।

त्यस्तै बिजामले कुलतमा लागेका युवाहरुलाई त्यस बाट छुट्न चाहेमा सुधारकेन्द्रमा राखी कुलतबाट छुटाउनुका साथै एचआईभि संक्रमितका लागि रोगसँग लड्ने क्षमता भएको प्रतिरोधात्मक औषधि निशुल्क बितरण गर्दै आएको छ । संस्थाले हालसम्म १ हजार ५२ जनालाई संस्थाको सम्पर्कमा ल्याएको छ भने ४० जनालाई नशामुक्त गराउनेतर्फ उन्मुख गराएको छ ।

संस्थाको तथ्यांक अनुसार सिरिन्ज प्रयोग गर्नेको संख्या जिल्लाको दक्षिणि क्षेत्र भन्दा उत्तरी क्षेत्रमा बढी रहेको छ । त्यस्तै १८ देखि ३० बर्ष उमेर समूहका युवाहरुको संख्या ५० प्रतिशतको हाराहारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

२०८० असार १९, मंगलवार २३:३७ गते
प्रधानमन्त्री प्रचण्डले लिए शपथ

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

२०७९ पुष ११, सोमबार १६:५७ गते
अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

२०७९ फाल्गुन २, मंगलवार ०८:२० गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते