मोटरसाइकलको पछाडि बस्नेका लागि हेल्मेट तत्काललाई ‘होल्ड’

काठमाडौं : मोटरसाइकल, स्कुटरलगायत दुई पांग्रे सवारीसाधनमा पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने तयारीलाई फेरि ‘होल्ड’ मा राखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला निकायसँग छलफल अगाडि बढाएपनि तत्कालका लागि हेल्मेटको महत्व बुझाउन जनचेतना जगाउने हिसाबले काम गर्नेमात्र निर्णय भएको हो ।

‘अहिले यसलाई लागू गर्ने विषयमा कुनै निर्णय भएको छैन । तर, हेल्मेट लगाउँदा हुने सुरक्षाका विषयमा सरोकारवाला निकायले जनचेतना बढाउने भन्ने चाहीँ भएको छ’, छलफलमा सहभागी मन्त्रालयका एक उच्च अधिकारीले भने ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न पटकपटक कुरा उठेपनि सरकार सफल भएको छैन । तयारी सुरू भएलगत्तै हेल्मेट व्यवसायीसँग जोडेर सरकार र सम्बन्धित निकायमाथि आशंका हुने गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्ट अधिकांश दुर्घटनामा टाउकोमा असर पर्ने र मृत्युको कारण पनि त्यही हुने भएकाले हेल्मेटको महत्वमाथि जोड दिन्छन् ।

‘दुर्घटना भइहाले पनि टाउको सुरक्षित छ भने सम्भावित जोखिम कम हुन्छ’, एसएसपी भट्ट भन्छन् । सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षापेटी तथा हेल्मेट लगाउनुपर्नेबारे लेखिएको छ । उक्त दफाको उपदफा २ मा मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सवारीमा बस्ने मानिसले सुरक्षा टोप ९हेल्मेट० लगाउनुपर्ने लेखिएको छ ।

संयुक्त राष्ट्र संघले सन् २०३९ सम्म सवारी दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्यालाई कम्तिमा ५० प्रतिशत कम गर्ने लक्ष्य लिएको छ । ग्लोबल प्लान अफ एक्सन फर रोड सेफ्टी २०२१(२०३० अनुसार उक्त लक्ष्य निर्धारण गरिएको हो । संयुक्त राष्ट्र संघको यही लक्ष्यलाई पुरा गर्ने गरि नेपालले पनि नेपाल रोड सेफ्टी एक्सन प्लान २०२१(२०३० को मस्यौदा तर्जुमा गरेको छ ।

संयुक्त राष्ट्र संघले जस्तै नेपालको प्रस्तावित मस्यौदामा पनि सन् २०३० सम्म सडक दुर्घटनाबाट मृत्यु र घाइते हुनेको संख्यालाई कम्तीमा ५० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । नेपालमा गत वर्ष ९आर्थिक वर्ष० मात्र सडक दुर्घटनामा २ हजार ८०० जनाले ज्यान गुमाएका थिए । तीमध्ये काठमाडौं उपत्यकामा मात्र १९१ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

२०८० कार्तिक १४, मंगलवार ०९:५८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते