लालबन्दी : नेपाल प्रहरीका २३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले सोमवार सूचना प्रकाशित गरी काज सरुवा भएको जानकारी गराएको हो।
सर्लाहीका एसपी पनि फेरिएका छन् । जिल्ला प्रहरी कार्याल सर्लाहीका प्रमुख एसपी प्रवीण पोखरेलको जिल्ला प्रहरी परिसर ललितपुरमा काज सरुवा भएको छ । पोखरेल गएको बर्ष चैत २० गते जिल्ला प्रहरी कार्यालय मलंगवामा हाजिर भएका थिए ।
यहाँ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगन्ज, काठमाडौँबाट एसपी नरेशराज सुवेदीलाई पठाइएको छ ।
सर्लाही आउन लागेका एसपी सुवेदी इन्स्पेक्टर रहँदा २०६६ असोज ९ गतेदेखि २०६८ साउन २३ गतेसम्म इलाका प्रहरी कार्यालय हरिपुरको प्रमुखको रुपमा कार्यरत थिए ।
कसको कहाँ सरुवा भयो, हेर्नुहोस्