ओलीलाई हामीले ढाल्यौँ, अहिले बौलाएर हिँडे : माधव नेपाल

काठमाडौं | नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि बौलाएर हिँडेका टिप्पणी गरेका छन् ।

आज बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई केपी ओलीलाई ढालेर देखाएको बताए ।

उनले स्वार्थी मान्छेहरुले जनतालाई गफले अल्मलाएको बताए । उनले चेतना नभएको र भ्रममा परेको जनतालाई जसले पनि अल्मल्याउन सक्ने बताए ।

नेपालले भने, झूटो प्रचार गरेर अल्मल्याउन सक्छ । हावा गफ गरेर अल्मल्याउन सक्छ । त्यसभित्र केही तत्वहरु हुन सक्छ । जसमा स्वार्थपन रहेको हुन्छ । स्वार्थमा गाजिएका हुन्छन् । केही केही पार्टीहरु देख्नुभएको छ । गफाडीको गफ गर्ने थलो भएको छ । अनि केही मान्छेहरुलाई यतिकै गफ र स्वार्थमा अल्मलाएर राखेको हुन्छ ।’ नेपाल प्रेसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

रियल मड्रिडको पुनरागमन जित

रियल मड्रिडको पुनरागमन जित

२०८१ श्रावण २०, आईतवार २१:४० गते
error: <b>Alert: </b>Content selection is disabled!!