लालबन्दी । सर्लाही आएर पुर्व राजा ज्ञानेन्द्र शाहले शिव मन्दिरको दर्शन गरेका छन । बरहथवा नगरपालिका ९ मा रहेको मुर्तिया शिव मन्दिरमा उनले दर्शन गरेका हुन ।
पुरातात्विक महत्व बोकेको मुर्तिया शिव मन्दिरमा शाह दर्शन गर्नकै लागी आईपुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अन्य राजावादी संगठनहरुले दाबि गरेका छन । काठमाण्डौँबाट सिमरा हुँदै मुर्तिया मन्दिरस्थल पुगेका शाहले त्यहाँ रहेको राम मन्दिरको समेत दर्शन गरेर करिव आधा घण्टा बिताएका थिए ।
कडा सुरक्षा ब्यवस्थाका बिच मन्दिर दर्शन गर्न पुगेका शाहलाई हेर्नका लागी हजाराैँकाे भिड जम्मा भएको थियाे । पुर्व राजा कार्यक्रमस्थलमा पुग्दा उपस्थित भिडले ‘राजा आउ देश बचाउ’ को नारा लगाएका थिए ।