हरुवाचरुवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न

  • क्षितिज विश्वकर्मा/लालबन्दी ।

जिल्ला हरुवाचरुवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन बिहिवार सम्पन्न भएको छ । ईश्वरपुर नगरपालिकास्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्मेलन सम्पन्न भएको मञ्चकी एक्टीभिष्ट नबिना कुमारी माझिले जानकारी दिईन । ‘मुक्त हरुवा चरुवाको न्यायिक पु्नःस्र्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नारासहित हरुवाचरुवा अधिकार मञ्चको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको हो ।

जिल्ला हरवाचरवा अधिकार मञ्चका जिल्ला अध्यक्ष रामदयाल माँझीको अध्यक्षता एवम् राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष एवं उच्च स्तरीय भूमि आयोगका पुर्वसदस्य गणेश बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रतिनिधिसभाका पुर्व सदस्य प्रमोद साह, द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव राम, राष्ट्रिय हरुवाचरुवा अधिकार मञ्चका सहसचिव रामदयाल सदा, जनता समाजवादी पार्टीका नेता रामचन्द्र महतो, दलित नेता भगलु माँझी, रामकेवल माँझी, वडाअध्यक्ष दर्शन सिंह लगायतको सहभागीता रहेको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष एवं उच्च स्तरीय भूमि आयोगका पुर्वसदस्य बिश्वकर्माले नेपाल सरकारद्वारा २०७९ श्रावण २ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा गरिएको हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गरि पुनःस्थापनाको सार्थक प्याकेज लागु गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत उल्लेख भएको हरवाचरवा पुनःस्र्थापनाका लागी तत्काल तथ्यांक संकलन गरि परिचयपत्र वितरण गरिनुपर्ने, राष्ट्रिय भूमि आयोग समक्ष मुक्त घोषित हरवाचरवाको लागि कम्तीमा १० कठ्ठा जमीन दिने गरि पहिचान गरिनुपर्ने र हरवाचरवा पुनस्र्थापनाको लागि प्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय समक्ष अधिकार सम्पन्न हरवाचरवा पुनस्र्थापना समिति गठन गरिनुपर्ने बताउनुभयो ।

त्यसैगरि कार्यक्रमका बिशीष्ट अतिथी एवं चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले गाउँपालिकाले कार्यविधि बनाएर मुक्त हरवाचरवाको पहिचान, प्रमाणीकरण र परिचयपत्र बितरण मार्फत उनीहरुको पुनस्र्थापना गरिने बताउनुभएको थियो । साथै उहाँले यसका लागि प्रदेश र संघीय सरकारसंग पनि समन्वय गरिने कुरामा जोड दिनुभयो ।

सम्मेलनले रामदयाल माँझीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाही गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस सोनी माँझी, देवेन्द्र राम, भगलु माँझी र सितादेवी राम चयन भएका छन । सदस्यहरुमा रामबाबु पाशवान, रिनादेवी माँझी, रजरनियदेवी माँझी, सत्या माँझी, सतनी गिरी, रिता माँझी र मिरादेवी माँझी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

महान् फुटबलर पेलेकाे निधन

महान् फुटबलर पेलेकाे निधन

२०७९ पुष १५, शुक्रबार ०७:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते