‘ताम्सालिङ जागरण अभियान’को दोस्रो दिन रौतहटमा कार्यक्रम

  • राजु तामाङ/चन्द्रपुर ।

ताम्सालिङ जागरण अभियानको दोस्रो दिन बिहिबार रौतहटको चन्द्रपुरमा कार्यक्रम सम्पन्न भएको छ । ‘ताम्सालिङ प्रदेश निर्माणका लागि सबै एकजुट हौं’ भन्ने नारा सहित मधेस प्रदेशका जिल्लाहरुमा बुधवारबाट तामाङ र ताम्सालिङ निर्माण सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । जस अनुसार बिहीबार चन्द्रपुरको हातेमालो सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा कार्यक्रम गरिएको हो ।

नेपाल तामाङ घेदुङ रौतहटको आयोजनामा ताम्सालिङ जागरण अभियान अन्तर्गत पहिलो चरणको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जिल्ला घेदुङले जानकारी दिएको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका ताम्सालिङ संयुक्त संघर्ष समितिका सदस्य सचिव तथा घेदुङ संघीय अध्यक्ष मोहन गोलेले सहभागीलाई प्रशिक्षण दिएका थिए । गोलेले प्रशिक्षणको क्रममा ताम्सालिङको आवश्यकता, औचित्य, अवधारणा, आगामी कार्ययोजना र उद्देश्य माथि प्रष्ट्याएका थिए ।
वर्तमान सत्ताबाट तामाङ जनताको पहिचान, प्रतिनिधित्व र पहुँच सम्भव नभएकोले ताम्सालिङ नै राष्ट्रिय मुक्तिको एकमात्र विकल्प रहेको कुरालाई जोड दिँदै उनले सबैलाई ताम्सालिङ अभियानमा जोडिनका लागि आव्हान गरे ।

कार्यक्रममा संघर्ष समितिका सचिवालय सदस्य बाबुराम लोप्चन, घेदुङका मधेस प्रदेश अध्यक्ष यम लाल गोले, संघीय सदस्य राम बहादुर घलान, पुर्व केन्द्रीय सदस्य खड्ग बहादुर बोम्जन, घेदुङका पुर्व अध्यक्ष बाल कुमार रुम्बा, उपाध्यक्ष दुधराज बल (राजु) लगायत घेदुङका विभिन्न तहका अभियन्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, समाजसेवी, बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

रौतहट घेदुङ अध्यक्ष विरध्वज वाईबाले अध्यक्षता गरेको कार्यक्रममा संघीय सदस्य घलानले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला सचिव भुवल बहादुर वाईबाले सञ्चालन गरेका थिए । अभियान अन्तर्गत तेस्रो दिन बागमती प्रदेशको मकवानपुर जिल्लाको हेटौंडामा कार्यक्रम गरिने घेदुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सातै प्रदेशमा वर्षाको सम्भावना

सातै प्रदेशमा वर्षाको सम्भावना

२०८० असार ६, बुधबार ०८:५६ गते
एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

२०७९ भाद्र १०, शुक्रबार १३:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते