लालबन्दी नगरपालिकाद्वारा अपाङ्गता परिचय पत्र वितरण सुरु

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरणका लागी शिविर सुरु गरेको छ ।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहजताका लागी तथा स्थानिय सरकारको प्रत्याभुती गराउनका लागी वडा स्तरमै अपाङ्गता परिचय पत्र वितरण कार्य सुरु गरेको जनाएको छ ।

आईतबारबाट सुरु भएको शिबिर नगरपालिकाको १७ वटै वडामा आगामि मंसिर २२ गतेसम्म चल्ने छ । पहिलो दिन वडा नम्बर १ को कार्यालयबाट अपाङ्गता परिचय पत्र वितरण सुरु गरिएको प्रशासकिय अधिकृत एवं नगरपालिकाका सूचना अधिकारी रेवती प्रसाद पौडेलले जानकारी दिनुभयो ।

अपाङ्गता परिचय पत्र प्राप्तिका लागी नागरिकता र जन्मदर्ताको प्रतिलिपि, पासपोर्ट साईजको फोटो ४ प्रति र सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्ने छ भने चिकित्सक जाँच पुर्जा शिबिरमै उपलब्ध हुने सूचना अधिकारी पौडेलले बताउनुभयो ।

पहिलो दिन वडा नम्बर १ को शिबिरबाट ७ वटा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते