सर्लाही ३ को प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका हरि प्रसाद उप्रेती विजयी

लालबन्दी : सर्लाही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार हरि प्रसाद उप्रेती विजयी भएका छन् ।

सत्तारुढ गढबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साह कलवारलाई ७७० मततान्तरले पराजित गर्दै एमाले नेता उप्रेती विजयी भएका हुन् । नेता उप्रेतीले २३ हजार ९३८ मत प्राप्त गर्दा माओवादीका नेता साह कलवारले २३ हजार १६८ मत प्राप्त गरे । उनीहरु विच मत गणनाको अधिकांस समय अत्यन्त कडा प्रतिस्पर्धा भएको थियो ।

मत गणना भरीनै दुवै उम्मेदवारले पालैपालो अग्रता लिएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार त्रिभुवन सिंहले ५ हजार ५१९ मत प्राप्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

डिजेल, पेट्रोलको मूल्य बढ्यो

डिजेल, पेट्रोलको मूल्य बढ्यो

२०७९ माघ २४, मंगलवार ०९:१० गते
झिलिमिलीको पर्व तिहार

झिलिमिलीको पर्व तिहार

२०८० कार्तिक २६, आईतवार १४:१२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते