नेपालले एक खेलअघि नै जित्यो केन्याविरूद्धको सिरिज

केन्याविरूद्धको एकदिवसीय अभ्यास सिरिज नेपालले अन्तिम खेलअघि नै आफ्नो पक्षमा पारेको छ। शनिबार भएको दोस्रो खेलमा १६ रनको  जित निकाल्दै नेपालले २-० को अग्रता लिएर सिरिज जितेको हो।

यसअघि शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल विजयी भएको थियो। अब अन्तिम खेल सोमबार हुनेछ। शनिबार पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २३० रनमा अलआउट भयो।

नेपालका लागि कप्तानको भूमीकामा रहेका रोहितकुमार पौडेलले ७८ रन जोडे। उनले ९५  बलमा ७ चौका हिर्कए। देव खनालले ३७ रन र ज्ञानेन्द्र  मल्लले २५ रनको योगदान गरे।
आदिल अन्सारीले १४ रन जोड्दा सोमपाल कामीले १५ बलमा २६ रन बटुले। करण केसीले पनि ६ बलमा ११ रन जोडे। 

बलिङमा केन्याका एन ओडियाम्बो, विराज पटेल र एनगोचेले २-२ विकेट लिए। 

२३१ रनको लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २१४ रनमा अलआउट भयो। उसका लागि राखेप पटेलले ८२ रनको योगदान गरे। कोलिन ओबुयाले ३७ रन र ओडियाम्बोले २८ रन बनाए।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। सोमपाल कामीले ३ विकेट हात पार्दा पवन सर्राफ र करण केसीले १-१ विकेट हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

२०७९ कार्तिक २४, बिहीबार १०:५९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते