सर्लाहीको सिसौट बजारमा गोली चल्दा शसस्त्र प्रहरी जवान साह घाईते

लालबन्दी : सर्लाहीको सिसौट बजारमा खाजा खाईरहेका शसस्त्र प्रहरी जवानमाथी गोली प्रहार भएको छ ।

रामनगर गाउँपालिका ७ मा शुक्रवार साँझ मामाका छोरासहित साथीहरुसँग खाजा खाईरहेको समयमा शसस्त्र प्रहरी बल १५ नम्बर गण काभ्रेमा कार्यरत शसस्त्र प्रहरी जवान सुरेश साहमाथी गोली प्रहार भएको हो । पाखुरामा गोली लागी घाईते भएका जवान साहलाई शुक्रवार प्रादेशिक अस्पतालमा उपचार गरि थप उपचारका लागी काठमाण्डौंस्थित नेपाल APF हस्पिटल बलम्बु लगिएको छ ।

बर्ष ३२ का जवान साह बिदामा घर आएका बेला आफन्तसँग खाजा खान सिसौट बजारमा बसेका थिए । प्रहरीले साहसँगै खाजा खान बसेका अन्य ३ जनामध्ये धनकौल गाउँपालिका ६ धोविनियाँका राम प्रवेश साहलाई पक्राउ गरेको छ । उनि गोली लागी घाईते सुरेश साहका मामाका छोरा भएको बताईएको छ । उनलाई हिरासतमा राखेर अन्य २ जनाको पनि खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

फरार २ को पहिचान भईसकेको र नियन्त्रणमा लिने प्रयास भईरहेको सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिनुभयो । खाजा खाएका मध्ये केहिले मदिरा सेवन गरेका र आपसि लेनदेनको विवादमा गोली चलेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी पोखरेलको भनाई छ । थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

२०७९ कार्तिक २२, मंगलवार ०९:५४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते