लेटरहेड र छाप किर्ते गर्नेलाई कारवाही गर्न प्रेस सेन्टर सर्लाहीको माग

लालबन्दी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीले संगठनको लेटरहेड र छाप किर्ते गर्नेलाई कार्वाही गर्न माग गरेको छ । शुक्रवार संगठनले आफ्नो लेटरहेड र छाप दुरुपयोग गरी भ्रम सृजना गरेको भन्दै गम्भिर आपत्ति जनाउँदै सो कार्यमा संलग्नहरुलाई हदैसम्मको कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई आग्रह गरेको हो ।

संगठनका अध्यक्ष सिंग बहादुर थापा (श्रवण) को हस्ताक्षर सहित जारी प्रेस बिज्ञप्तीमा गैर कानुनी कार्यमा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन माग गरिएको छ । केहि दिन अघि नेपाल पत्रकार महासंघ अन्तर्गत मधेश प्रदेशका ८ जिल्लाका जिल्ला शाखा अध्यक्षहरुले गरेको एक सामुहिक निर्णयको बिरोध भन्दै रानिगंज घर भएका रमेश अधिकारी (रितिक) ले आफुलाई प्रेस सेन्टरको जिल्ला सचिव दाबि गर्दै प्रेस बिज्ञप्ति जारि गरेका थिए ।

यस अघि पनि अधिकारीले आफुलाई सचिव र सिन्धुली घर भएका शंखर पहाडीले आफुलाई अध्यक्ष रहेको दाबि गर्दै प्रेस सेन्टरको लेटरहेड र छाप अनाधिकृत रुपमा प्रयोग गर्दै आएका थिए । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीको दोश्रो जिल्ला अधिवेशन हुनु पुर्व पहाडी अध्यक्ष र अधिकारी सचिव रहेको तदर्थ कमिटि रहेकोमा संगठनको नीति बिपरित पत्रकारीताको आचार संहिताको धज्जि उडाउने कृयाकलापमा संलग्न भएको पाईए पछि प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले तदर्थ समिति नै खारेज गरिदिएको थियो ।

त्यसपश्चात तत्कालिन जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य जनार्दन पोखरेललाई नयाँ समिति गठनको जिम्मेवारी तोकिएको थियो । सोही अनुसार गत २०७९ चैत्र ८ गते बागमती स्थित एक रिसोर्टमा दोश्रो जिल्ला सम्मेलन मार्फत नयाँ समिति गठन गरिएको होे । केन्द्रिय सदस्य पोखरेलको अध्यक्षता तथा संगठनका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज गोबिन्द देवकोटा, महासचिव सन्तोष पौडेल, मधेश प्रदेश कमिटि अध्यक्ष किरण कर्ण, महासचिव गोपाल गुप्ता लगाएतको आतिथ्यतामा भएको दोश्रो जिल्ला सम्मेलनले थापा अध्यक्ष रहने गरि १३ सदस्यिय नयाँ समन्वय समिती गठन गरेको थियो ।

तत्कालिन तदर्थ समितिका अध्यक्ष पहाडी र सचिव अधिकारीले निरन्तर संगठनको बिरुद्ध लागेर अराजक गतिविधि प्रस्तुत गरेपछि उनीहरुलाई संगठनले थप कारवाही गर्दै साधारण सदस्यता समेत खारेज गरेको थियो । ‘प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाही जनपक्षिय पत्रकारीताको पक्षमा निरन्तर लागि रहेकै छ । यस्तो अवस्थामा संगठनले साधारण सदस्य समेत नरहने गरि कारवाही गरेका ब्यक्तिहरुबाट आफ्नो निजि स्वार्थ पुर्तिका लागी संगठनको नाम, लेटरहेड र छाप दुरुपयोग गरेको हुँदा निज ब्यक्तिहरुलाई कानुन बमोजिम कारवाहिको लागी स्थानिय प्रशासनसँग जोडदार माग गर्दछौँ’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

थापा नेतृत्वको प्रेस सेन्टर सर्लाही आधिकारीक हो : उपाध्यक्ष देवकोटा

यता संगठनका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज गोबिन्द देवकोटाले थापा नेतृत्वको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही आधिकारीक रहेको बताएका छन् ।

यस पहिलाको तदर्थ समिति विघटन गरिएको भन्दै प्रदेश इन्चार्ज समेत रहेका देवकोटाले गत चैत ८ गते सर्लाहीमा दोस्रो जिल्ला भेलाबाट थापाको नेतृत्वमा समिति गठन भएको स्पष्ट पारे ।

संगठनले साधारण सदस्य समेत नरहने गरि कारवाही गरिसकेका ब्यक्तिले संगठनको लेटरहेड, छाप प्रयोग गर्नु गैर कानुनी रहेको भन्दै त्यस्ता ब्यक्तिलाई खोजेर कारवाहि गर्न उनले प्रहरी प्रशासनसँग आग्रह समेत गरे ।

त्यसैगरि मधेश प्रदेश कमिटि अध्यक्ष किरण कर्णले सर्लाहीमा श्रवण थापाको अध्यक्षतामा गठित १३ सदस्यीय कमिटि नै आधिकारीक भएको र अन्य कुनै विवाद र समस्या नरहेको भन्दै संगठनको नाम बद्नाम गराउने नियतले ब्यक्तिगत स्वार्थमा लिप्त रहेका केही उच्छृङ्खखल तत्वले गैरकानुनी कार्य गरेको प्रति कडा शब्दमा भत्र्सना गरे ।

त्यस्ता ब्यक्तिहरु संगठन र यो समाजका लागी समेत घातक हुने उनको भनाई थियो ।

उनीहरुलाई जतिसक्दो छिटो कानुनी कठ्घरामा ल्याई कानुनी कारवाहि गर्नुको बिकल्प नभएको संगठनका प्रदेश अध्यक्ष कर्णले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आज नेपाली टोपी दिवस मनाइँदै

आज नेपाली टोपी दिवस मनाइँदै

२०७९ पुष १७, आईतवार ०८:४२ गते
जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

२०७९ आश्विन ३१, सोमबार ११:५५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते