स्वास्थ्य सेवा क्षेत्रमा हरिवन नगरपालिका मधेश प्रदेशमै पहिलो

हरिवन । स्वास्थ्य सेवा क्षेत्रमा मधेश प्रदेशमै पहिलो भएपछि हरिवन नगरपालिकाले स्वास्थ्य कर्मिहरुलाई सम्मान गरेको छ । शुक्रबार हरिवन नगरपालिकाको सभाहलमा बधाई तथा सम्मान कार्यक्रम गरिएको हो ।

आर्थिक वर्ष ०७९र८० मा विभिन्न सुचकहरु पूरा गरि स्वास्थ्य क्षेत्रमा हरिवन नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान ल्याएको भन्दै हरिवन नगरपालिकाले स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । नगर प्रमुख रमेश बुढाथोकीले स्वास्थ्यकर्मीहरुलाई खादा टिका लगाएर सम्मान पत्रसहित सम्मान गर्नुभएको थियो ।

मधेश प्रदेशकै १३६ पालिकाहरु मध्ये हरिवन नगरपालिकाले होम डेलेभरी प्रथम पटक सुरु गरेको, नगर प्रमुख ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत विभिन्न स्वास्थ्य सेवा, सुत्केरी गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा, विभिन्न रोगको शिविर, टेलिमेडिसीन लगायतका सेवाहरु प्रदान गरिएको हुँदा हरिवन नगरपालिका मधेश प्रदेशमै स्वास्थ्य क्षेत्रमा प्रथम स्थान ल्याउन सफल भएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

केन्या र नेपाल आज भिड्दै

केन्या र नेपाल आज भिड्दै

२०७९ भाद्र २०, सोमबार ०२:१० गते
चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

२०८० भाद्र २७, बुधबार ०६:१९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते