जिप्रका सर्लाहीका प्रहरी हवल्दार राजेश साहलाई देशभरकै उत्कृष्ट प्रहरी कर्मचारीको सम्मान

नेपाल प्रहरीको देशभरकै उत्कृष्ट कर्मचारीका रुपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह सम्मानीत भएका छन । उनलाई अकाउन्टविलिटी ल्याब नेपालले बिहिवार सम्मान गरेको हो ।

प्रहरी हवल्दार साहलाई अकाउन्टविलिटी ल्याब नेपालले सार्वजनिक संयन्त्र भित्रका कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्ने उदेश्यले इन्टेग्रिटी आइकन २०२२ को रुपमा सम्मान गरेको हो । अकाउन्टविलिटी ल्याब नेपालकी प्रोजेक्ट असोसियट ओसिन महर्जनका अनुसार यस वर्ष इन्टेग्रिटी आइकन २०२२ मार्फत सार्वजनिक संयन्त्र भित्रका पाँच जना कर्मचारीहरुलाई बिहिवार सम्मान गरिएको हो ।

रौतहटको राजदेवी नगरपालिका ७ मुडवलवा निवासी प्रहरी हवल्दार राजेश हाल जिल्ला प्रहरी कार्याय सर्लाहीमा कार्यरत रहेका छन् । उनि करिव ६ वर्ष देखि जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत प्रादेशिक अस्पताल सर्लाहीमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनका अनुसार अकाउन्टविलिटी ल्याब नेपालले प्रहरीले गरेको राम्रो कामको मुल्यांकन गुर्न संगठनको लागि ठुलो उपलब्धि हो ।

अकाउन्टविलिटी ल्याब नेपालकी कार्यक्रम संयोजक अस्मिता शर्माका अनुसार इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट यस वर्ष पनि पाँच जना राष्ट्र सेवक कर्मचारीलाई बिहिवार सम्मानित गरिएको हो ।

ल्याबले प्रहरी हबल्दार साहसहित सडक विभाग, काठमाण्डौकी इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाण्डौका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौँका उप–सचिव रोशनी देवी कार्की र सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बुकी शाखा अधिकृत सुजन कुमारी बर्देवालाई सम्मान गरेको हो ।

उनिहरुलाई सम्मान पत्र र ट्रफी सहित सम्मान गरिएको अकाउन्टबिलिटी ल्याब नेपालका सहायक निर्देशक सुरेश चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते