निलम्बित प्रधानन्याधीस जबराकाे बाँकी बयान मंगलबार हुने

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बाँकी बयान मंगलबार हुने भएको छ ।

आइतबार चौथो दिन उनले महाभियोग सिफारिस समितिको बैठकमा बयान दिएका छन् । बयान नसकिएकाले मंगलबार थप बयान हुने तय भएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!