भारतीय स्कोर्पियोको ठक्करबाट हरिपुरमा ट्राफिक प्रहरी जवानको खुट्टा भाँचियो

लालबन्दी : सर्लाहीको हरिपुरमा स्कोर्पियोको ठक्करबाट एक प्रहरी जवान गम्भीर घाइते भएका छन ।

सोमबार साँझ पौने ६ बजेतिर सवारी चेकजाँचमा खटिएको अवस्थामा ट्राफिक प्रहरी पोस्ट हरिपुरका २८ बर्षिय प्रहरी जवान शैलेन्द्र साहलाई भारतीय नम्बर प्लेटको स्कोर्पियोले ठक्कर दिएको हो । हरिपुर ८ सानो जगतपुरमा चेकिङमा खटिएका साहलाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको BR 06 PF 0193 नम्बरको स्कोर्पियोले ठक्कर दिँदा उनको दाहिने खुट्टा भाँचिएको छ । साहको नवलपुरमा सामान्य उपचार गरि थप उपचारका लागि वीरगंज रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई ठक्कर दिने स्कोर्पियो भने फरार भएको छ । बारा जिल्लाको प्रसौनी गाउँपालिका ५ घर भएका घाइते ट्राफिक प्रहरी जवान साह धनुषाको जनकपुर दरबन्दी भई हरिपुरमा कार्यरत थिए ।

नवलपुर-मलंगवा सडक खण्डमा प्रहरी नायब निरीक्षक सुरेस प्रसाद यादवको कमान्डमा २ जनाको टोलि सवारी चेकिङमा खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते