पूर्वविद्यार्थीद्वारा विद्यालयलाई ‘शिक्षकको भाषा’ उपहार

वंशगोपाल माध्यमिक विद्यालय, चौघडाका शिक्षकहरूलाई पूर्व विद्यार्थी दम्पतीले पुस्तक उपहार दिएका छन् ।
हेटौंडा – ६, हात्तीलेट निबासी अरुण सापकोटा र मालती फयलले लेखक छवि अनित्यको पुस्तक ‘शिक्षकको भाषा’ २५ थान उपहारस्वरुप प्रदान गरेका हुन् । आज विद्यालयमा एक अनौपचारिक समारोहका बीच फयलले सो उपहार विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेलाई हस्तान्तरण गरकी छिन् ।
पुस्तक ग्रहण गर्दै प्रधानाध्यापक लामिछानेले शिक्षकहरूका लागि उपयोगी पुस्तक प्रदान गरेकोमा पूर्व विद्यार्थीहरूलाई धन्यवाद दिए । शिक्षकहरुको पठन संस्कृति विकासमा यस किसिमका कार्यले योगदान गर्ने भन्दै प्रधानाध्यापक लामिछानेले प्रत्येक शिक्षकले पुस्तकको अध्ययन गर्ने विश्वास व्यक्त गरेका छन् ।
लामो समय शिक्षण पेसामा सक्रिय लेखक अनित्यको पुस्तक ‘शिक्षकको भाषा’ शनिबार हेटौंडामा विमोचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

२०७९ पुष २०, बुधबार १४:३० गते
जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

२०७९ आश्विन ३१, सोमबार ११:५५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते