हरिवनमा ‘विङ्गर’ले ठक्कर दिँदा महिलाको मृत्यु

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा ‘विङ्गर’ले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ ।

सोमबार बिहान ७ बजेतिर लालबन्दीबाट यात्रु लिन नयाँ रोडतर्फ गइरहेको मधेश प्रदेश–०३–००१ ज ०३४२ नम्बरको विङ्गरले नोचास्थित छठ घाटमा पूजा गरेर घर फर्किँदै गरेकी स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेललाई ठक्कर दिएको हो । गम्भीर घाइते भएकी पोखरेलको उपचारका लागि स्वाभिमान अस्पताल हरिवन लगिएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीका अनुसार गाडीको ठक्करबाट छठघाटस्थलमा सडक सुरक्षार्थ खटिएका ट्राफिक हवलदार सुबोधकुमार यादव घाइते भएका छन् ।

बायाँ खुट्टामा चोट लागेर घाइते हुनुभएका ट्राफिक प्रहरी हवलदार यादवलाई हरिवनमा सामान्य उपचारपश्चात् लालगढ अस्पताल, धनुषा रेफर गरिएको छ ।

दुर्घटनामा संलग्न गाडीका चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

२०७९ आश्विन ३१, सोमबार ११:५५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते