नारायणखोलामा लगाईएको ६ बिघा गाँजाखेति प्रहरीले फाँड्यो

लालबन्दी : प्रहरीले नारायण खोलामा ६ बिघा भन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट ६० जना प्रहरीको टोली लालबन्दी १४ नारायण खोलामा गाँजा फडानी गर्न पुगेको थियो । प्रहरी टोलीले नारायण खोलास्थित सत्रकठ्ठा क्षेत्रमा ६ बिघा बढीको तयारी हुन लागेको गाँजा फडानी गरेको हो ।

जिल्लामा नयाँ हाजिर भएका एसपी नरेशराज सुवेदीले आफू शुक्रबार जिल्लामा हाजिर हुनासाथ नारायण खोलामा कानूनद्धारा निषेध गरिएको गाँजाखेती भइरहेको सूचना पाएको र आफै सुक्ष्म अनुसन्धानमा जाँदा सूचना बमोजिमकै गाँजा खेती भइरहेको देखेपछि प्रहरी टोली पठाएर फडानी गर्न सुरु गरेको बताउनुभयो । उहाँले अब निरन्तर प्रहरी पठाएर नारायण खोलामा भइरहेको प्रतिवन्धित गाँजा नष्ट गर्ने बताउनुभएको छ ।

नारायण खोलामा हरेक वर्ष प्रहरी गएर गाँजा फाँड्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!