कपन आगलागी अपडेट : मृतकको संख्या ३ पुग्यो

बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ  कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो । आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् । मृतकको पहिचान खुलेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया