को थिए बलिराजा? हेर्नुहोस्

भूपेन्द्र राना मगर | बलिराजालाई चिनाउने विवरण अनुसार, बलि (बलिहाङ) राजा इशाको १४औँ शताब्दीतिरका वर्तमान पाल्पा जिल्लामा पर्ने बल्ढेङ्गी गाविसमा पर्ने बलिहाङ रानामगरले स–साना मगर राज्यलाई एकीकरण गरी शक्तिशाली मगर राज्यको स्थापना गरेका थिए । उनको राज्य वर्तमान नेपालको मगरातदेखि भारतको गोेरखासम्म फैलिएको मानिन्छ । तिनै मगर बलिराजा अत्यन्तै न्यायप्रेमी, धर्मात्मा तथा प्रजाभक्त थिए । उनलाई आफ्ना जनताले असाध्यै माया र सम्मान गर्दथे । एक दिन बलिराजालाई सपनामा कार्तिक औँसीको रातमा उनको मृत्यु हुने भविष्यवाणी भयो । त्यसपछि उनले आफ्ना सबै जनतालाई बोलाएर उक्त भविष्यवाणी सुनाए । त्यो सुनेर सारा जनता शोकमग्न भएर रुँदै, कराउँदै आफ्ना प्रिय राजालाई बचाउने उपायको खोजीमा लागे । अन्तमा सबै जनताले स्वयं राजालाई भेटेर बिन्ती गरे, ‘के गर्दा हामीले तपाईंलाई बचाउन सक्छौँ ?’

यो सुनेर राजाले उपाय बताए, ‘कार्तिक औँसीका दिन मलाई लिन काल आउँदा सबैको घरमा उज्यालो बालेर उनलाई अनुरोध गर्न सके म बाँच्न सक्छु ।’  

कार्तिक औँसीको दिन राजाले भनेजस्तै सबैले घरघरमा बत्ती बालेर झिलीमिली पारेर रातभरि ‘फाइलो–फाइलो’ (मगरभाषामा बचाऔँ बचाआँ) भन्दै रात कटाए । यसरी राजाप्रति जनताहरूको अगाध माया देखेर कालले राजालाई प्राणदान दिएर फर्के । यसरी जनताको अगाध मायाका कारण आफू बाँचेको हुनाले बलिराजाले तीन दिनसम्म खुसियाली मनाउन आदेश दिए । जनताहरू त्यही खुसियाली मनाउँदै घरघरमा भेला भएर नाचगान, हाँसखेल गर्दै हिँड्न थाले । यसरी घरघरै मनोरञ्जन गर्दै, नाचगान गर्दै हिँड्ने क्रममा ‘हामी त्यसै आएको होइन, बलिराजाले पठाएको’ भन्दै देउसी–भैलोको सुरुवात भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते