बैदेशिक रोजगारीमा रहेका ५८ जना युवाले गरे चिसापानीका क्यान्सर पिडित वाईबालाई आर्थिक सहयोग

लालबन्दी, साउन २७ । स्पाईनल ईन्जुरी कर्डको क्यान्सर भएर लामो समयदेखि ओछ्यान परेका भोज बहादुर वाईबालाई बैदेशिक रोजगारीका शिलशिलामा बिदेश गएका युवाहरुले आर्थीक सहयोग गरेका छन ।

लालबन्दी १५ चिसापानी निवासी वाईबा बिगत ९ बर्षदेखि क्यान्सरले थलिएर बसेका छन । दिशा, पिसाव गएको समेत थाहा नपाउने भईसकेका वाईबा पछिल्लो समय दैनिक लगाउनुपर्ने डाईपर किन्न समेत नसक्ने अवस्थामा पुगीसकेका छन । भएको जायजेथा उपचारका क्रममा सक्किएपछि अहिले दैनिक छाक टार्न समेत धौ धौ परीरहेको अवस्थामा युवाहरुको समुहले उनलाई आर्थिक सहयोग गरेको हो ।

सर्लाही घर भई रोजगारीको शिलशिलामा साउदी अरबसहितका देशमा पुगेका युवाहरुले आफ्ना अन्य साथीहरुबाटसमेत सहयोग संकलन गरि पिडित वाईबालाई रकम पठाएका हुन । लालबन्दी १५ नै घर भई साउदी अरबमा रोजगारी गरिरहेका सोनलाल बम्जन, बिनोद बम्जन, नारायण खड्का लगाएत ५८ जना युवाले पिडित वाईबाका लागी ४३ हजार १५२ रुपैँया संकलन गरि पठाएका हुन । वाईबालाई पोर्चुगलमा रहेका रमेश खड्काले समेत ३ हजार पाँचसय रुपैँया पठाएका छन ।

https://www.youtube.com/watch?v=HPqKDAGMM50&t=938s

पत्रकार क्षितिज विश्वकर्माले वाईबाको दयनिय अवस्थालाई भिडियो तथा समाचारमार्फत सार्वजनिक गरेपछि अहिले उनलाई केहि मनकारी ब्यक्तिहरुले खाद्यान्न तथा आर्थीक सहयोग गरिरहेका छन । बिदेशबाट युवाहरुले पठाएको रकम लालबन्दी १५, १६ को वडा कार्यालय अगाडि कम्प्युटर पसल संचालन गर्दै आएका सोनाम वाईबाले १५ का वडाध्यक्ष गोरख बल, वडा सदस्य सुर्य जिम्बा, सहकारी संचालक हेम गौतमलगाएतको उपस्थितीमा वडाध्यक्ष बलको हातबाट पिडित वाईबालाई हस्तान्तरण गरेका हुन । सो अवशरमा सोनाम वाईबा र गौतमले पनि एक एक हजार रुपैँया थपेर पिडित वाईबालाई दिएका थिए ।

बैशाखि टेकेर हिँड्ने बृद्ध बाबु, दमकि रोगी आमा, एउटा ४ बर्षको छोरो र १२ बर्षकी छोरीसहित मृत्युको मुखमा पुगेर जसोतसो प्राण धानीरहेका वाईबा एक पाखोबाट अर्कोतर्फ कोल्टे फेर्न सक्दैनन् । एकातर्फमात्रै लामो समय सुतेका कारण किरा परेर मासु कुहिएर झर्न थालेको क्यान्सर पिडित वाईबा आफै बताउँछन । पुरानो काठको ढल्न लागेको घरमा बसिरहेका वाईबाको आउने आम्दानीको श्रोत केहि बाँकि छैन । बिद्युत अवरुद्ध भएको समयमा पंखा चलाउन नपाउँदा कुहिएको मासु गन्हाएर आफुलाई समेत गाह्रो हुने वाईबाको भनाई छ । उनको तथा उनको छोरीको भिडियो सार्वजनिक भएपश्चात सबैभन्दा पहिला छोरी पढ्ने श्री डिम जनता माबिका शिक्षक कर्मचारीहरुले आर्थीक सहयोग गरेका थिए । त्यसपछि क्रमैसँग सहयोग प्राप्त गरिरहेका वाईबालाई अघिल्लो शुक्रबार मात्रै पनी १० हजार बढिको खाद्यान्न सहयोग गरिएको छ । लालबन्दी बस्दै आएकी समाजसेवी रेणुका खड्काको बिशेष पहलमा वाईबालाई चामल, आलु, प्याज, खाने तेल, अण्डा, डाईपर, पेय पदार्थसहितको खाद्य सामाग्री प्रदान गरिएको थियो ।

https://www.youtube.com/watch?v=g0hZw5qV4u8&t=220s

भिडियो सार्वजनिक भएपछि मधेश प्रदेश सांसद एवं आफ्नो निर्वाचन क्षेत्रकी लोकप्रिय महिला नेत्री बेची लुंगेलीले पनि वाईबालाई सहयोगका निम्ति चासो देखाउनुभएको छ भने लालबन्दी नगरपालिकाले पनि सहयोगको मनसाय बनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडाले क्यान्सर पिडितका लागी नगरपालिकाले मासिक ५ हजारका दरले सहयोग गर्ने गरेको बताउँदै वाईबाको सहयोगार्थ के गर्न सकिन्छ, त्यसको लागी पहल गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

२०८० असार ४, सोमबार ०७:०९ गते
बर्दिवासमा बलात्कार आरोपमा एकजना पक्राउ

बर्दिवासमा बलात्कार आरोपमा एकजना पक्राउ

२०८० जेष्ठ ३०, मंगलवार १६:०३ गते
लालबन्दी १६ मा अर्को बोरिङ

लालबन्दी १६ मा अर्को बोरिङ

२०८० श्रावण २७, शनिबार ०८:५३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते