NIMB को सेवा नयाँ भवनबाट

लालबन्दी । सर्लाहीको लालबन्दीमा रहेको नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड नयाँ भवनमा सरेको छ ।

लालबन्दी ७ स्थित बजारमा मरिन जाने चोकमा दोश्रो तल्लामा रहेको बैंक वडा नम्बर ६ को प्रभु बैंकसँगैको नयाँ भवनमा बडादशैंको पहिलो दिन जमरा राख्ने दिनको शुभ साईत पारेर सरेको हो । बजारमा रहेको भवनसँगको सम्झौता सकिन लागेको र ठुलो ठाउँको आवश्यकता परेकोले नयाँ भवनमा सरिएको बैंक शाखा लालबन्दीका सहायक शाखा प्रबन्धक राज कुमार पोखरेलले जानकारी दिनुभयो ।

नगरपालिका र सडक विभागले पुर्व पश्चिम राजमार्ग बिस्तार गर्ने क्रममा बैंकको एटिएम बुथ र घरको केहि भाग भत्किने भएपछि बैंकलाई अप्ठ्यारो पर्ने भएकाले नयाँ ठाउँमा सर्नुपरेको पोखरेलको भनाई छ । नयाँ भवनमा पार्किङको लागी समेत समस्या नहुने उहाँले बताउनुभयो ।

बैंकका शाखा प्रबन्धक पवन कुमार साहले बैंकले ग्राहकको सेवा सुविधामा कुनै कसर बाँकी नराख्ने र चुस्त दुरुस्त सेवा प्रदान गर्नका लागी हमेसा प्रयास्रत रहेको दाबि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते