महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

तस्बिर : क्यान

सर्लाही । एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज शुक्रबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे मलेसियाकाे बायोमास ओभलमा शुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

यसअघि नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।

एसिया कपमा महिला प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया