धनकौलमा मोटरसाईकल दुर्घटना हुँदा एक भारतियको मृत्यु, नेपाली घाईते

लालबन्दी : सर्लाहीको धनकौलमा भारतिय मोटरसाईकल दुर्घटना हुँदा एक भारतिय नागरिकको मृत्यु भएको छ । अर्का एक नेपाली घाईते भएका छन ।

सोमबार राति साँडे १० बजेको समयमा धनकौल गाउँपालिका ५ स्थित छठिघाट पुलमा बरहथवाबाट मधुवनीतर्फ जाँदै गरेको बिआर ३० जेट ४८७४ नम्बरको मोटरसाईकल दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाईकल चालक भारतको सितामाढि जिल्ला ग्राम पंचायत बहेरा सिजवा बस्ने बर्ष ४० का मुकेश राय यादवको मृत्यु भएको हो । टाउकोमा चोट लागी गम्भिर घाईते भएका यादवलाई उपचारका लागी संजिवनी अस्पताल बरहथवामा लगीएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बिजय यादवले बताउनुभयो ।

दुर्घटनामा मोटरसाईकल पछाडी सवार बलरा नगरपालिका ५ अर्नाहा बस्ने बर्ष २४ का संजय यादव घाईते भएका छन । उनको टाउको र अनुहारमा चोट लागेको र २ ओटा दाँत भाँच्चिएको छ । उनलाई उपचारका लागी बाराको एल.एस.न्युरोमा पठाईएको छ ।

मोटरसाईकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ । मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर शवलाई पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

२०८० भाद्र २७, बुधबार २२:४८ गते
फागुन २९ गते सोमवारको दैनिक राशिफल

फागुन २९ गते सोमवारको दैनिक राशिफल

२०७९ फाल्गुन २९, सोमबार ०६:३४ गते
पौष १६ गते शनिबारको दैनिक राशिफल

पौष १६ गते शनिबारको दैनिक राशिफल

२०७९ पुष १६, शनिबार ०७:०८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते