बागमतिमा सामुहिक बलात्कारमा संलग्न ३ जना पक्राउ

बागमती । सर्लाहीको बागमती नगरपालिका ४ जिरायतमा सामुहिक बलात्कारको आरोपमा प्रहरीले तिनजनालाई पक्राउ गरेको छ ।

गत मंगलवार राती बागमती नगरपालिका–४, जिरायत सुकेखोला स्थित लहरी घारीमा एक ३१ बर्षिया महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा तिनजना पक्राउ परेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । पक्राउ पर्नेमा ३५ बर्षका हरि भनिने हिरा बहादुर भुजेल, ४२ बर्षका राम भनिने खेलेन्द्र परियार र २१ बर्षका अनिल भनिने धनलाल बराईली रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले महिलालाई मदिरा सेवन गराई पालैपालो जवरजस्ती करणी गरेको पीडितको आरोप छ । घटना लगतै फरार रहेका उनीहरलाई प्रहरीले बुधवार बागमती नगरपालिका–४, जिरायतको सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना बिरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरिक्षक अनिल राज गिरिले जानकारी दिए ।

पिडित महिलाकाे प्रादेशिक अस्पताल मलंगवामा स्वास्थ्य परिक्षण गरिएकाे र स्वास्थ्यावस्था सामान्य रहेकाे प्रहरी निरिक्षक गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

२०८० भाद्र २७, बुधबार ०६:१९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते