अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी पदकधारी कबड्डी खेलाडीहरुलाई लालबन्दीमा सम्मान

लालबन्दी, असार १६ : सर्लाहीको लालबन्दीमा शनिवार अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी पदकधारी कबड्डी खेलाडीहरुलाई सम्मान गरिएको छ । मधेश प्रदेश कबड्डी संघको आयोजना जनकपुरधाम र सर्लाही जिल्ला कबड्डी संघको आयोजनामा ५५ जना कबड्डी खेलाडीहरुलाई सम्मान गरिएको हो ।

वडा नम्बर ५ मा रहेको एभरेष्ट बोर्डिङ स्कुलको सभाहलमा बृहत कार्यक्रमको आयोजना गरि देशमै पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी पदकधारी कबड्डी खेलाडीहरुलाई सम्मान गरिएको सर्लाही जिल्ला कबड्डी संघका अध्यक्ष गणेश थापाले बताउनुभयो । मधेश प्रदेशका मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्यतामा खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

२०३६ सालदेखि अहिलेसम्म विभिन्न अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा पदक प्राप्त गरेका आठै जिल्लाका खेलाडीलाई सम्मान गरिएको हो । एशियन गेम र सार्कमा रजत प्राप्त गरेका खेलाडीलाई नगद ५ हजार तथा कास्य पद प्राप्त गरेका खेलाडीलाई ३ हजार नगदसहित सम्मान गरिएको थियो ।

सो कार्यक्रममा कबड्डी संघका केन्द्रिय उपाध्यक्ष वीरेन्द्रप्रसाद यादव, कबड्डीका कोच तथा खेलाडीहरु, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, हरिपुरका मेयर गोपाल पंजियारलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा लालबन्दी नगरपालिका, हरिपुरका मेयर पंजियार तथा मन्त्री यादवलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका बक्ताहरुले देशको लागी खेल्ने र अन्तराष्ट्रिय पदक ल्याउने खेलाडीहरु कालान्तरमा भोकमरीमा पर्नुपर्ने बाध्यता रहेको बताएका थिए । उनिहरुले राष्ट्रको शिर उचो पार्ने खेलाडीहरुलाई सरकारले पेन्सनको ब्यवस्था गर्नुपर्ने धारणा राखेका थिए । घरमा मेडल झुन्ड्याएर मात्रै खेलाडी बाँच्न नसक्ने भएकाले उनिहरुलाई सरकारले ध्यान दिनुपर्ने उनिहरुको तर्क थियो ।

लालबन्दी नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष समेत रहेका जिल्ला कबड्डि संघका अध्यक्ष गणेश थापाको बिशेष पहल र सक्रियतामा आयोजित कार्यक्रममा मधेश प्रदेश बाहेक सुदुरपश्चिमका अन्तराष्ट्रिय रेफ्रि बिष्णुदत्त भट्टलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

बडादसैँ सुरु, आज घटस्थापना

बडादसैँ सुरु, आज घटस्थापना

२०८० आश्विन २८, आईतवार ०९:२३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते