युट्युब हेरेरै सिकेको फुल खेति आम्दानीको श्रोत बन्दै

क्षितिज विश्वकर्मा, लालबन्दी । पुर्व पश्चिम राजमार्गबाट दक्षिण, डुमडुमे मन्दिरबाट तलतिर पस्ने शाखा बाटोको अलिकति भित्र एउटा एकतले सानो घर छ । जहाँ फुलैफल, गमलै गमलाले ढाकेको देखिन्छ । झट्ट हेर्दा लाग्छ त्यो घर नभएर कुनै फुलको बगैँचा हो ।

सर्लाहीको लालबन्दी ७ कि पबिता लामा प्रायः सँधै घरको छत, आँगन र अगाडिको भाडाको जग्गामा भेटिनुहुन्छ । पछिल्लो केहि बर्ष यता उहाँ साना साना गमलामा फुल खेति गर्दै आउनुभएको छ । बिभिन्न जातका फुलहरुसँग रमाईरहनु भएकी पबिताले आफ्नै घर सजाउनका लागी किनेर ल्याएको फुलको बिरुवाहरुलाई हुर्काएर अहिले आँगनभरि, घरको छत र भाडामा लिएको १० धुर जग्गाभरी बनाउनुभएको छ । सानो १ तले पक्कि घरमा श्रीमान, एउटा छोरी र सासुसँगै बस्दै आउनुभएकी पबिताले आजभोली गमलामा सरेको फुलको बिरुवा बेच्ने गर्नुभएको छ । आफु भन्दा धेरै आफ्नो श्रीमान फुल र बोट बिरुवाको सौखिन भएको बताउँदै पबिता भन्नुहुन्छ ‘उहाँले नै प्रायः फुलको बिरुवा ल्याईदिनुहुन्छ ।’ अटो रिक्सा चलाउने उहाँको श्रीमानले नयाँ ठाउँमा पुग्दा र नयाँ प्रजातीको फुलको बिरुवा देख्दा घर ल्याउने गर्नुभएको छ ।

पहिला पहिला फुलको बिरुवा ल्याएर हुर्काउन खोज्दा तरिका नपुगेर कयौँ बिरुवाहरु मरेको अनुभव सुनाउँदै पबिता भन्नुहुन्छ ‘मैले युट्युब हेरेरै बिरुवा हुर्काउने, बिरुवालाई चाहिने बिभिन्न मल लगाएतका सामाग्री प्रयोग गर्ने विधि जानेको हुँ ।’ अहिलेसम्म कुनै ब्यवसायीक तालिम नलिएकी उहाँलाई सबै बिरुवा हुर्काउने, सार्ने, गोडमेल गर्ने तरिका आउँछ । आजभोली उहाँले बिरुवा बेच्ने गर्नुभएको छ । म आफ्नो कामसँग सन्तुष्ट छु, मैले रोपेका फुलहरु बिक्रि हुन्छ । पबिता भन्नुन्छ ‘बजारभाउ भन्दा निकै कम मुल्यमा मैले बिरुवा बेच्ने गरेको छु ।’ अहिले उहाँले बिरुवा बेचेरै घर धानिरहनुभएको छ । एउटा बिरुवाको ३०० देखि जात र प्रकार हेरेर भाउ लाग्ने गरेको उहाँको भनाई छ । नयाँ घर बनाउनेहरु आएर एकपटकमा २० हजारसम्मको बिरुवा लगेको उहाँको अनुभव छ ।

उहाँको आँगनमा स्नेक प्लान्ट, लब्लि बेम्बो, मनि प्लान्ट, किस लिलि लगाएतका बिभिन्न रंगका र बिभिन्न प्रकारका बिरुवाहरु पाईन्छ । उहाँले बिरुवा मात्रै पनि र गमलासँगै पनि बेच्ने गर्नुभएको छ । बिस्तारै सबैले यहाँ बिरुवा पाईन्छ भन्ने थाहा पाउँदै गएको उहाँको भनाई छ । अन्य पेसा ब्यवसायमा जस्तो आज बिक्रि नभए बिग्रीने, खेर जाने, नष्ट हुने जस्तो जोखिम यो पेसामा नभएको बताउँदै पबिता भन्नुहुन्छ, ‘बिरुवा आज नबिके भोली बिक्छ र भोली पनी नबिके बिरुवा हुर्किन्छ । सानो बिरुवाको सानो मुल्य आउने हो भने ठुलो बिरुवाको ठुलै मुल्य आउने भएकाले यसमा जोखिम छैन ।’

बिरुवामा किरा पनि लाग्ने गर्छ । औषधि पनि छर्कनु पर्ने हुन्छ । बिरुवा रोप्ने, सार्ने, हुर्काउने मात्रै होईन उहाँले बिरुवालाई चाहिने मल पनि आफैले बनाउने गर्नुभएको छ । मल समेत बिक्रि हुने गरेको छ । पबिताले बजारको भन्दा धेरै सस्तोमा मल बिक्रि गर्नुहुन्छ । बजारमा पाईने मल किनेर गमलामा प्रयोग गर्न धेरै महंगो हुने भन्दै आफैले मल उत्पादन गर्न थालेको उहाँको भनाई छ । बजारमा पाईने मलको बिकल्पमा एकदमै सस्तोमा मल उत्पादन गरेको पबिताले बताउनुभयो । बजारमा १५० देखि ७/८ सयसम्म पर्ने मलको बिकल्पमा आफुले तयार गरेको मल २५ रुपैँया केजिमा बिक्रि गर्ने गरेको उहाँको भनाई छ । कोठामा सजाउनेदेखि बाहिर राख्ने, फुल्ने फुलहरु, ड्रागन फ्रुटसम्म उहाँको आँगन र छतमा पाईन्छ ।

यतिमात्रै होईन कोहि कसैले बिरुवा रोप्ने, हुर्काउने, मल उत्पादन गर्ने तरिका सिक्न चाहेमा आफुले निशुल्क सिकाउने उहाँको भनाई छ । बाटोमा, सडक छेउछामा बस्तुभाउको मल जम्मा पारेर, स्याउला, झारपात लगाएतको प्रयोगबाट उहाँले मल तयार पार्ने गर्नुभएको छ ।

प्रयोग भईसकेका साना साना माटाका भाँडा तथा गमलामा रोपिएका फुल खरिद गर्न चाहनेले आफुकहाँ आएर लान सक्ने उहाँको भनाई छ । बिरुवा पर्याप्त मात्रामा उत्पादन भईसकेपछि अटोरिक्सामा राखेर बजारमा लगेर बेच्ने योजनासमेत पबिताले सुनाउनुभयो ।

छतमा जाने भ¥याङको छेउमा रहेका बिभिन्न फुलका बिरुवा

फुल बिरुवा चाहिलेहरुले ९८१२१८५९११ मा फोन गरेर पनि बुझ्न र बिरुवा लैजान सक्ने सुविधा रहेको छ ।

प्रयोग भईसकेका माटाका भाँडा, जुन बिरुवा रोप्नका लागी गमलाको रुपमा प्रयोग हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

२०७९ फाल्गुन २८, आईतवार ०६:३१ गते
महेन्द्रनगरमा बालिका मृत फेला

महेन्द्रनगरमा बालिका मृत फेला

२०७९ भाद्र १०, शुक्रबार ०७:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते