हरिवनमा बिहिवार ‘कृषि प्रदर्शनी’को कृषि तथा पशु पंक्षी बिकास मन्त्री भुसालले उद्घाटन गर्ने

क्षितिज विश्वकर्मा, हरिवन । सर्लाहीको हरिवनमा शुक्रबारबाट सुरु हुन लागेको दोश्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनीको पुर्व सन्ध्यामा मोटरसाईकल ¥याली निकालिएको छ । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका साथ यहि माघ ५ देखि ७ गतेसम्म दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना हुँदैछ ।

प्रदर्शनको अन्तिम तयारीस्वरुप बिहिवार दिउँसो प्रदर्शनीस्थल हरिवन ११ को सुर्ति बिकाश खेल मैदानबाट मोटरसाईकल ¥याली निकालिएको हो । ¥यालीले हरिवन नगरपालिकाको रिंगरोड परिक्रमा गरेको छ ।

बिहिवार प्रदर्शनीको कृषि तथा पशु पंक्षी बिकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्ने वडा नम्बर ८ वडाध्यक्ष तथा कृषि प्रदर्शनी प्रचारप्रसार समितिका संयोजक प्रज्वल ढुंगानाले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा कृषि उत्पादनसँग सम्बन्धित औजार तथा डेरी उत्पादन लगायतको प्रदर्शनी हुने छ ।

प्रदर्शनीमा फलफुल, दुग्धजन्य उत्पादन, दल्हन, तरकारी उत्पादन लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने उत्कृष्ट किसानलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । साथै प्रदर्शनीमा बैंक तथा बित्तिय संस्थाबिच अन्तरकृया, पशु उपचार, माटो परिक्षण र स्थानिय कलाकारको प्रस्तुति रहने मुल आयोजक समितीका संयोजक एवं वडा नम्बर ४ का वडाध्यक्ष केशवराज थापाले बताए ।

यो प्रदर्शनी अघिल्लो बर्ष बैशाख महिनामा भएको थियो । आयोजकका अनुसार यो प्रदर्शनीका लागी प्रदर्शनी सहआयोजकहरुबाट करिव २० लाख रुपैँया प्राप्त हुने छ भने करिव २५ लाख खर्च हुने अनुमान छ ।
हरिवन नगरपालिकाले प्रदेश दुग्ध बिकाश बोर्ड, कृषि अनुसन्धान निर्देशनालाय, परवानीपुर वीरगंज पर्सा, कृषि ज्ञान केन्द्र सर्लाही, हेल्भेटास नेपाल, ईन्दुशंकर चिनि उद्योग र हेफर इन्टरनेशनलसँगको सहकार्यमा प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनीमा किसानलाई निशुल्क स्टलको ब्यवस्था रहेको छ ।

नेपालमा अहिले संचालन भईरहेको निर्वाहमुखि खेति प्रणालीले मात्रै नपुग्ने, कृषि यन्त्र र कृषि औजारको प्रदर्शनीले मात्रै ब्यवसायीक खेति प्रणालीतर्फ अग्रशर हुन टेवा पु¥याउने नगरप्रमुख रमेश बुढाथोकीको भनाई थियो । कृषि औजारको प्रदर्शनीले हामि ब्यवसायीक खेतितर्फ लाग्न सक्छौँ र कृषि औजारको प्रदर्शनी र कृषि औजारको प्रयोगले कम लगानीमै बढि आम्दाली लिन सक्छौँ भन्ने विश्वब्यापी मान्यतालाई स्थापित गराउनका लागी पनि हरिवन नगरपालिकाले यो प्रदर्शनी गर्न लागेको नगर प्रमुख बुढाथोकीले बताए ।

प्रदर्शनीमा अवलोकन गर्न आउनेहरुको हरिवन नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य उपचारको ब्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया