राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यकाे समुपस्थितिमा कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमाेचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ हुँदै

निराज रानाभाट , तनहुँ : कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमोचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ यहीँ असाेज ०८ गते , शनिबार , हुँदै छ ।

कश्यप गोत्रीय रानाभाट प्रतिष्ठान : पितापुर्खाहरुप्रतिको हार्दिक सम्मान ´ भन्ने मुल नारासहित वि.सं. २०७८ सालमा स्थापना भएको कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानले माननीय राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यकाे समुपस्थितिमा प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमोचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ आयोजना गरेको हो ।

कार्यक्रम भने गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका – ०२ , बगुवास्थित रोयल्स हाेम रिसोर्ट प्रा.लि. सम्पन्न हुने भएको छ ।

उक्त कार्यक्रममा सम्पूर्ण दिदीबहिनीहरुले साडी – चोलो वा ब्लाउज तथा दाजुभाइहरूले दौरा – सुरूवाल साथै कोटमा उपस्थित हुन अनुरोध गरिएको , यदि दौरा – सुरूवाल नभए ढाका टोपी , पाइन्ट र हाप कोट वा इष्टकोट भए पनि लगाउन अनुरोध गरिएको छ ।

कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमोचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ लाई भव्य समारोहकाबीच सम्पन्न गर्न राजधानी काठमाडौं , गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लाको गैंडाकोट र कास्की जिल्लाकाे पोखरामा कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानले प्रारम्भिक बैठक समेत गरिसकेको छ ।

देश तथा विदेशबाट गरि कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानमा अहिलेसम्म करिब एक सय जना अाजिवन सदस्यहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

२०८० कार्तिक १४, मंगलवार ०९:५८ गते
कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

२०८० कार्तिक २६, आईतवार १३:४९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते