संबिधानसभा सदस्य नरेन्द्र साहले दिए बागमति नगरपालिकालाई ग्रास ट्रिमर

बागमति । सर्लाहीको बागमति नगरपालिकालाई २ थान झार काट्ने मेसिन (ग्रास ट्रिमर) प्राप्त भएको छ ।

संबिधानसभा सदस्य एवं जिल्लाका लोकप्रिय समाजसेवी नरेन्द्र साहले नगरपालिकालाई २ थान ग्रास ट्रिमर प्रदान गर्नुभएको हो । उहाँले १५ थान ट्रिमर बाँड्ने योजना अन्तर्गत बागमति, हरिवन र बरहथवालाई २/२ थान वितरण गरिएको बताउनुभयो ।

शुक्रबार बिहान बागमति नगरपालिका कार्यालय परिसरमा एक कार्यक्रममार्फत साहले सो सामाग्री नगरपालिकालाई हस्तान्तरण गर्नुभएको नगरपालिकाका रोजगार सहायक सन्तोष गदालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

Advertisement